सूचनाको शक्ति - The Power Of Information

        

आज २०८१ जेठ ३१ गते बिहीवारको राशिफल

२०८१ जेठ ३१ गते बिहीवार, १३ जुन २०२४ । ज्येष्ठ शुक्लपक्ष सप्तमी तिथि । पूर्वफाल्गुनी नक्षत्र । चन्द्रराशि सिंह ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । फाइदाको स्रोत पहिल्याउन सकिनेछ । प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन् । सेवामूलक कामबाट धनलाभ हुनेछ । स्वास्थ्य सबल रहनेछ । अध्ययनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । समय लागे पनि तारिफयोग्य कामले अरूको उपकार गर्न सकिनेछ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ । साझेदारीमा देखिएका समस्या सुल्झाउन सकिनेछ । साथीभाइ र सहयोगीहरूले साथ दिनेछन् । पहिलेको दुविधाले निर्णायक मोड लिनेछ । भौतिक सुख–सुविधा प्राप्त हुनेछ । घरेलु प्रयोजनका विशेष सामान जुटाउन सकिनेछ । पशुधन र कृषि–व्यवसायतर्फ मनग्य लाभ हुनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

परिस्थितिवश चिताएको काम रोकिन सक्छ । आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन् । मौका आए पनि काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला । व्यवसायमा बाधा पुग्नेछ भने अरूका लागि बुद्धि खर्चनुपर्ने देखिन्छ । व्यवसायभन्दा सेवामूलक कामबाट राम्रो उपलब्धि प्राप्त हुनेछ । तत्काल ठूलो फाइदा नदेखिएकाले लाभ उठाउन हतार नगर्नुहोला ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ । बोलीको भरमा चिताएको काम बन्नेछ । आफ्नो क्षेत्रमै प्रभाव जमाउन सकिनेछ भने सम्मानित स्थान प्राप्त हुन सक्छ । तारिफयोग्य कामले राम्रो उपलब्धि दिलाउनेछ । सानो प्रयत्नले फाइदा बढ्नेछ । व्यापारमा पनि प्रशस्त लाभ हुनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । दाम र नाम कमाउने समय छ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

आकर्षक पहिरन र तारिफयोग्य कामले चर्चित भइनेछ । बिछोडिएका आफन्तसँग भेटघाटको अवसर जुट्नेछ । रमाइलो जमघटको आनन्द प्राप्त हुनेछ । विशेष उपहार प्राप्त हुन सक्छ । भौतिक साधन जुट्नाले जीवनशैलीमा परिवर्तन आउनेछ । मित्रता र प्रेमको बन्धन कसिलो हुनेछ । आफन्तको स्नेह, सत्कार तथा सम्मान प्राप्त हुनेछ । प्रयत्न गर्दा दिगो काम थालनी हुनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला । आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ । लामो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । आफ्नाबाट भने टाढिनुपर्ने हुन सक्छ । केही खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्नेछ । लगानी बढाउनुपरे पनि प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् र प्रतीक्षित नतिजाले पनि उत्साह जगाउनेछ । व्यापारमा थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ । प्रयत्न गर्दा काम बनाउन सकिनेछ । नयाँ कामतर्फ अग्रसर भइनेछ । व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । अरूका लागि धन खर्चनुपर्ने हुन सक्छ । रकम सञ्चय नहुन सक्छ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

पुराना कामको चर्चा हुनेछ भने मिहिनेत गर्दा उपलब्धिको स्रोत प्राप्त हुनेछ । तर, अरूका काममा समय खर्चनुपर्दा आफ्ना काम रोकिन सक्छन् । सामाजिक उत्तरदायित्व प्राप्त भए पनि जिम्मेवारी पूरा गर्नमा बाधा हुनेछ । परिस्थितिवश आफन्तबाट टाढिनुपर्ने हुन सक्छ । अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्, सजग रहनुहोला ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

धर्ममा श्रद्धा र परोपकारमा मन जानेछ । नयाँ जिम्मेवारी प्राप्त हुनेछ । व्यापार–व्यवसायमा पनि प्रशस्त फाइदा हुनेछ । विशेष अवसरले मन प्रफुल्लित हुनेछ । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । भाग्यले विशेष अवसर दिलाउनेछ । समस्या र चुनौती समाप्त हुनेछन् । नाम र दाम हातलागी हुनेछ । योजना पूर्ण नभए पनि आर्थिक लाभ अवश्य हुनेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

पहिलेका समस्या दोहोरिनाले अलमल बढ्न सक्छ । हल्लाको पछि लाग्दा दुःख पाइनेछ । गोपनीयता बाहिरिनाले पनि काममा समस्या आइपर्ला । स्वास्थ्यसम्बन्धी चिन्ताले सताउन सक्छ । परिस्थितिवश आँटेको काममा बाधा हुन सक्छ । आफ्ना कामबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन् । अरूकै लागि बुद्धि र श्रम खर्चनुपर्ला । योजना अधुरै रहने सम्भावना छ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

भेटघाट र खानपानमा अलमल हुने समय छ । बुद्धिले काम लिँदा योजना कार्यान्वयनमा आउनेछ । तर अरूको मुख ताक्ने बानीले आफ्नो काम रोकिन सक्छ । शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला । खर्च लागे पनि सोखले मालमत्ता जुटाउन प्रेरित गर्नेछ । पहिलेको सफलताले हौसला जगाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

स्वास्थ्यसम्बन्धी चिन्ताले सताउन सक्छ । आफ्ना काममा अरूको भरपर्दा दुःख पाइनेछ । बलभन्दा बुद्धिको उपयोगले फाइदा दिलाउनेछ । अवसरको खोजीमा आफन्त र परिवारबाट टाढिनुपर्ने हुन सक्छ । सत्कार्यमा शुभचिन्तकहरूको साथ पाइनेछ । पछिका लागि खर्चको जोहो गर्नुपर्ला । प्रतिस्पर्धी पराजित हुनेछन् । द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन् ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८१, बिहीबार ०५:४७

लोकप्रिय