सूचनाको शक्ति - The Power Of Information

        

आज २०८१ जेठ १९ गते शनिवारको राशिफल

२०८१ जेठ १९ गते शनिवार, १ जुन २०२४ । ज्येष्ठ कृष्णपक्ष नवमी तिथि, प्रातः ६ः२० बजेपछि दशमी । उत्तरभाद्रपदा नक्षत्र । चन्द्रराशि मीन ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ । आशा देखाउनेहरूको भरपर्दा धोका पाइएला । परिश्रमका तुलनामा प्रतिफल कम देखिनेछ । खर्च तथा विवाद बढ्ने समय रहेकाले महत्त्वाकांक्षी योजनामा अघि नबढ्नुहोला । पाउमा चोटपटकको योग देखिएकाले सजग रहनुहोला । नाम र दामका लागि गरिएको प्रयास अपूर्ण देखिए पनि यात्राको प्रक्रिया अघि बढ्नेछ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन् । श्रमको उचित मूल्यांकन हुनेछ । पढाइमा ध्यान केन्द्रित हुनेछ, प्रगति हुनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । व्यापारमा थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ । प्रयत्न गर्दा छोटो समयमै काम बनाउन सकिनेछ । नयाँ कामतर्फ अग्रसर भइनेछ । आम्दानी बढ्नाले दैनिकीमा परिवर्तन आउन सक्छ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

पुरुषार्थी काम गर्दै लक्ष्य प्राप्त गर्ने समय छ । रुचिका विषयमा लगानी बढाउने अवसर प्राप्त हुनेछ । तारिफयोग्य कामको चर्चा हुनेछ । विशिष्ट व्यक्तिहरूसँग मित्रता बढाउन सकिनेछ । व्यवसायमा मनग्गे फाइदा हुनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । मेहनतले नाम, दाम र इनाम दिलाउनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

श्रमपूर्वक समर्पित हुँदा पनि कामको मूल्य कम मात्र पाइएला । आफ्नो क्षेत्रमा अरूले हस्तक्षेप गर्न सक्छन् । अरूका लागि बुद्धि खर्चनुपर्नेछ । जीवनशैली व्यस्त रहनेछ र उपलब्धिविहीन काममा समय बित्न सक्छ । तापनि, गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ । मिहिनेत गर्दा उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ । काम रोकिए पनि दिगो योजना बन्नेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

सानातिना समस्याले केही अप्ठ्यारो परिस्थिति सिर्जना हुन सक्छ । स्वास्थ्य पनि अलि कमजोर रहनेछ । आलस्य गर्ने बानीले पहिलेकै काम दोहोर्याउनुपर्ला । सामान्य काममा अल्झनुपर्दा मुख्य काम रोकिन सक्छ । व्यवसायतर्फ हिसाबकिताबमा होसियार रहनुहोला । हडबडको त्रुटिले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ । अध्ययनमा त्यति समय दिन नसकिएला ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

पहिरन र योग्यताले व्यक्तित्वमा निखारता आउनेछ । विशेष उपहार प्राप्त हुन सक्छ । घुमफिर तथा मनोरञ्जनको समय छ । भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुनेछ । साथीभाइको सहयोग जुट्नाले काममा उत्साह जाग्नेछ । मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुने समय छ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ । स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ । पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिनेछ । मिहिनेतले प्रशस्त फाइदा दिलाउनेछ । द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन् । चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ । व्यापारलगायत दिगो आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ गर्ने समय छ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

समयतालिका नमिल्दा योजना अधुरै रहनेछ । आफ्ना कामबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन् । स्वास्थ्य र अध्ययनमा कमजोरी अनुभूति हुनेछ भने अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला । परिस्थितिवश आँटेको काम रोकिन सक्छ । सहयोगीहरूले साथ दिन छाड्नेछन् भने प्रगतिमा ईर्ष्या गर्नेहरूले दुःख दिनेछन् । नयाँ काम प्रारम्भ गर्न समय प्रतीक्षा गर्नुहोला ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

नियमित काम सम्पादन भए पनि पारिवारिक मतभेदले व्यवधान निम्त्याउन सक्छ । अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला । निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले सजग रहनुपर्ला । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पर्न सक्छ । महत्त्वाकांक्षी योजना सार्वजनिक नगर्नुहोला । हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

छोटो समयमा विशेष उपलब्धि हातलागी हुनेछ । विभिन्न स्रोत–साधन प्राप्त हुनेछन् भने गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । नगद जुट्नाले दैनिकीमा परिवर्तन आउला । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । नौलो प्रकृतिको काम शुभारम्भ गर्ने मौका छ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

आत्मविश्वासको कमीले काममा पछि परिनेछ । शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा दुःख पाइनेछ । खर्च हुने डरले सताउन सक्छ । वादविवादबाट टाढा रहनुहोला । अर्थ अभावले पनि काममा बाधा पुग्नेछ । आफ्ना सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला । ईर्ष्या गर्नेहरूबाट जोगिएर काम लिनुहोला, आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउनेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

समय फुर्सदिलो रहनाले रमाइलो भेटघाट गर्ने अवसर प्राप्त हुनेछ । प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ । काममा साथ दिनेहरू बढ्नेछन् । रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ । इच्छाशक्ति बढ्नुका साथै कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ । पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ ।

प्रकाशित मिति : १९ जेष्ठ २०८१, शनिबार ०७:४६