सूचनाको शक्ति - The Power Of Information

        

महाजात्राले मनायो ५१ दिन

चैत ९ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘महाजात्रा’ ले शनिबार ५१ औँ दिन मनाएको छ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले सिरिजकै रूपमा निर्माण गरेको चलचित्रले अघिल्ला झैँ यस पटक पनि ५१ औँ दिनको यात्रा पार गरेको हो ।

चलचित्रले काठमाडौँ उपत्यकाका क्युएफएक्स, आइएनआई सिनेमाज, एफक्युब सिनेमाज, वान सिनेमाज, बिएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, सिके सिनेमाज, विग मुभिज र मोफसलमा नेपालगन्जमा रहेको सिनेरोयलमा ५१ औँ दिनको यात्रा पार गरेको हो ।

चलचित्रको यो सफलताले अझै दायित्व बोध बनाएको निर्माता म्याक्स दिपेश खत्रीले बताउनुभयो । उहाँले आगामी दिनमा दर्शकको भरोसालाई बढाउने र विश्वास टुट्न नदिने गरी काम गर्ने दृढता व्यक्त गर्नुभयो ।

प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको चलचित्रमा हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्र सिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, दिव्य देव, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, शिशिर बाङ्देललगायतको अभिनय रहेको छ ।

म्याक्स दिपेश खत्री र यज्ञश्वर पौडेलले संयुक्त रूपमा चलचित्रलाई निर्माण गर्नुभएको हो ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतवार ०७:१२

लोकप्रिय