सूचनाको शक्ति - The Power Of Information

        

तल्लो डुङ्गेश्वर-पालेतडा सडक जीर्ण

कर्णाली राजमार्ग अन्तर्गत दैलेखको तल्लो डुङ्गेश्वरदेखि पालेतडासम्मको सडकखण्ड जीर्ण भएको छ । नियमित रूपमा सवारी साधन सञ्चालन हुने जीर्ण सडकमा दुर्घटनाको जोखिम बढेको छ ।

यो सडकमा दैनिक गाडी चलाउँदै आएका रमेश शाही सडकका खाल्डा तत्काल पुर्नुपर्नेमा जोड दिँदै अविलम्ब मर्मतसम्भारका निम्ति सम्बन्धित निकायको ध्यान जानुपर्ने बताउँछन् । बाङ्गेसिमलदेखि दहीखोलाको बीच भाग डुङ्गेश्वर–पालेतडासम्मको झण्डै ३० किलोमिटर सडक तत्काल मर्मत गर्नुपर्ने उनी बताउँछन् ।

जीर्ण सडक मर्मतबारे सडक डिभिजन कार्यालय सुर्खेतका इन्जिनियर टोपनारायण पौडेलले अनुसार उक्त खण्डको लागि चालु आर्थिक वर्षमा उक्त सडकको स्तरोन्नति गर्न बजेट नभएको जानकारी दिए ।

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार १४:२९

लोकप्रिय