सूचनाको शक्ति - The Power Of Information

        

जानकीमा प्रथम अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

 बाँकेको जानकी गाउँपालिकामा प्रथम अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु भएको छ ।

जानकी गाउँपालिका वडा नम्वर–३ मानपुरस्थित कन्या आधारभूत विद्यालय मानपुरको खेल मैदानमा प्रथम अध्यक्ष कप प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको संघीय सांसद किशोरसिंह राठोरले उद्घाटन गरेका छन् ।

उद्घाटन कार्यक्रममा बोल्दै सांसद राठोरले बाँके जिल्ला खेलकुदमा पहिलाको अनुपातमा अहिले केही पछाडि परेको बताउँदै यस्ता आयोजनाहरुले युवालाई गलत बाटोमा जानबाट रोक्ने  र अनुशासित बनाउने तथा देश बनाउने बाटोमा जानको लागि प्रेरित गर्ने बताए । उनले खेलकुदको विकासका लागि यस्ता प्रतियोगिता सहयोगी सिद्ध हुने बताए ।

गाउँपालिका अध्यक्ष छब्बन खाँले यस्ता प्रतियोगिताबाट  पालिकास्तरमा मात्रै नभई देश विदेशमा पनि खेलमा केही गर्न सक्ने खेलाडी उत्पादन हुने विश्वास व्यक्त गरे । उनले पालिकाबाट आफूले गर्नुपर्ने सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

प्रतियोगितामा मानपुर स्पोर्ट्स क्लव, रम्वापुर स्पोर्ट्स क्लव, स्टार स्पोर्ट्स क्लव, बुढियागाउँ पठान पल्टान क्लव, मैटहवा स्पोर्ट्स क्लव, गिजरा वारियर्स क्लव, जानकी युवा क्लव, जानकी इलेभेन रकर्स क्लव, खजुरा स्पोर्ट्स क्लव र जानकी गाउँपालिका कर्मचारी गरी १० टिमको सहभागिता छ । प्रतियोगिता सोमबारसम्म चल्नेछ ।

प्रतियोगितामा पहिलो हुनेलाई ५० हजार पुरस्कार र दोस्रो हुनेलाई २५ हजार पुरस्कार प्रदान गरिनेछ ।

प्रकाशित मिति : ४ माघ २०८०, बिहीबार १८:०१

लोकप्रिय