सूचनाको शक्ति - The Power Of Information

        

फिल्म नचले पनि अभिनेत्रीको फोटो भाइरल

मोडलिङ दुनियाँ पनि अचम्मको छ । उक्त दुुनियाँमा त्यस्ता मोडल पनि छन्, जसले राम्रो काम गर्दा कहिल्यै जस् पाएनन् । दिनरात मिहेनत गरे पनि दर्शकले खासै चिन्दैनन् । फेरि केही त्यस्ता मोडल छन्, जसले एउटा बोल्ड फोटो सेयर गर्न बित्तिकै भाइरल भइहाल्छ ।

अतः यही भीडमा पर्छिन् मोडल मुना गौचन । उनले म्युजिक भिडियोमा खासै काम गरेकी छैनन् । धेरै चलचित्रमा पनि भूमिका निर्वाह गरेको देखिँदैन । तर पनि उनी सामाजिक सञ्जालमा यति हिट छिन् कि अब्बल कलाकारभन्दा बढी । उनी हिट हुनुको एउटै कारण छ ।

त्यो हो बोल्ड र हट तस्वीर । सामाजिक सञ्जालमा उनी निकै सक्रिय रहने गरेको पाइन्छ । उनको सुन्दरता र बोल्डनेसकै कारण चलचित्र चपली हाइट २ मा डेब्युको अवसर पाएको बताइन्छ । तर सो चलचित्र फ्लप भएको थियो । मुनाको चर्चा भने घट्नुको सट्टा बढेको हो ।

उनको सुन्दरतामा लोभिएरै एक जना निर्माताले चलचित्र जालोमा पनि अवसर दिए । त्यो चलचित्रलेसमेत लगानी उठाउन सकेन । चलचित्र चलोस् वा नचलोस्, मुनालाई वास्ता छैन । तर पनि निर्माताहरु उनलाई पछ्याइरहन्छन् । त्यसो त उनी ‘मिस इको नेपाल २०१९’ विजेता पनि हुन् । दर्शकले अत्यधिक रुचाएका उनका तस्वीर यस्ता छन् ।

 

प्रकाशित मिति : ४ माघ २०८०, बिहीबार १४:२८

लोकप्रिय