सूचनाको शक्ति - The Power Of Information

        

फिल्म ‘अगस्त्य : च्याप्टर १’ बाट अभिनेता नाजिरको लुक्स सार्वजनिक

सौरभ चौधरीको निर्देशनमा बनेको फिल्म ‘अगस्त्य : च्याप्टर १’ बाट अभिनेता नाजिर हुसेनको लुक्स सार्वजनिक गरिएको छ ।

नाजिरको पाँच फरक लुक्स सार्वजनिक गरिएको हो । फिल्ममा  नाजिरलाई ‘निसान’ पात्रको भूमिकामा देख्न सकिन्छ ।

डार्क हर्स इन्टरटेन्मेन्ट र सेभेन सिज इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको फिल्ममा प्रकाश मल्ल, अनिष तामाङ र बिनोद पौडेलको लगानी छ ।

फिल्मका कार्यकारी निर्माता विश्व गौचन र अभिषेक चौधरी हुन् । यस् अघी निर्माण टिमले अभिनेता सौगात मल्लको लुक्स पनि सार्वजनिक गरेका थिय ।

आगामी फागुन १८ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्ममा  सौगात र नाजिरका अलवा मलिका महत, प्रमोद अग्रहरी, विजय बराल, रवीन्द्र झा लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार ०७:५४

लोकप्रिय