सूचनाको शक्ति - The Power Of Information

        

गुगलमा सबैभन्दा बढी सर्च गरिएकी पात्र टेलर स्विफ्ट

सन् २०२३ मा गुगलमा सर्वाधिक खोजिनेमा गायिका चर्चित पपस्टार टेलर स्विफ्ट बनेकी छन् । उनले यो वर्ष विभिन्न विधामा नयाँ कीर्तिमान कायम गरेकी छन् ।

सांगीतिक एल्बमको बिक्री र अन्तर्राष्ट्रिय संगीत यात्राबाट भएको कमाइले नै धनाढ्यहरूको सूचीमा नाम लेखाउने उनी पहिलो गायिका पनि बनेकी छन् । फोर्ब्स म्यागजिन उनलाई आधिकारिक रुपमा अर्बपति घोषणा गरेको छ । म्यागजिनका अनुसार स्विफ्टको कुल सम्पत्ति १.१० बिलियन अमेरिकी डलर रहेको बताइएको छ ।

पछिल्लो समय स्विफ्टको क्रेज यसरी बढिरहेको छ कि गत जुलाई २२ र २३ मा अमेरिकाको सिएटलमा उनको कन्सर्टमा मानिसको भीड धेरै भएर २.३ रेक्टर स्केलको भुकम्प समेत गएको बिबिसीले उल्लेख गरेको थियो । दुई रात भएको उक्त कन्सर्टमा करिब एक लाख ४४ हजार दर्शक सहभागी थिए ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : १५ पुष २०८०, आइतवार १७:०७

लोकप्रिय