सूचनाको शक्ति - The Power Of Information

        

आज २०८० पुस ५ गते बिहीवारको राशिफल

२०८० पुस ५ गते बिहीवार, २१ डिसेम्बर २०२३ । मार्ग शुक्लपक्ष नवमी तिथि, ११ः३३ बजेपछि दशमी । रेवती नक्षत्र । चन्द्रराशि मीन ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

खर्च बढ्नुका साथै अर्थअभाव खट्किनाले बनिसकेको काम दोहोर्याउनुपर्ला । पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ । छर–छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुपर्ला । तत्काल लाभ उठाउँदा पछि हुने फाइदा घट्न सक्छ । उधारोमा व्यापार गर्नुपर्ला । अरूको करकापमा काम गर्नुपर्ने परिस्थिति आउन सक्छ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

परिश्रम परे पनि कम प्रतिफलमा चित्त बुझाउनुपर्ने परिस्थिति रहला । खोजी गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । तर आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्लान् । आम्दानी भए पनि फजुल खर्च बढ्नाले अर्थ अभाव देखा पर्नेछ । चिताएको मूल्य प्राप्त नभए पनि प्रयत्न गर्दा ऋणमोचन हुनेछ । परिस्थितिवश काममा बाधा पुग्नेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ । नोकरी तथा व्यवसायमा विशेष फाइदा होला । रुचिका विषयमा लगानी समेत बढाउन सकिनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला । विवादास्पद जिम्मेवारी आउन सक्छ । कमजोरीका बाबजुद कामको चाप बढ्नेछ । अर्थ अभावले आँटेको काम रोकिन सक्छ । अधुरा काममा पहिलेकै समस्या दोहोरिन सक्छन् । उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला । मिहिनेतले स्थितिमा सकारात्मक परिवर्तन ल्याउनेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल प्राप्त नहोला । शुभचिन्तकहरू टाढिनेछान् भने काम बिग्रने भयले सताउनेछ । न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ला । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । पहिलेका समस्या दोहोरिनेछन् र घरेलु कामले अल्झाउन सक्छ । आलोचकहरू बढ्नेछन् भने लेनदेनमा विवाद हुन सक्छ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

व्यापारको बहानामा रमाइलो यात्रा हुन सक्छ । आम्दानी बढ्नेछ । लगनशीलताले लक्ष्यमा पुर्याउनेछ । छोटो समयमा फाइदा उठाउन सकिनेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ । विशेष उपहार प्राप्त हुन सक्छ । परिवारजनको साथले उत्साह जगाउनेछ । मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुने समय छ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ । व्यापारलगायत आर्थिक लाभ हुने काममा फाइदा हुनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्त हुनेछ । मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नाले फाइदा हुने काम सुरु हुनेछ । प्रतिस्पर्धीहरू किनारा लाग्नेछन् भने मुद्दामा पनि विजय सम्भावना छ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

चिताएको काम रोकिनाले लक्ष्य प्राप्तिमा विलम्ब हुनेछ । अस्वस्थताले पनि उद्देश्यमा बाधा पुर्याउन सक्छ । कुनै अप्रिय समाचारले मन खिन्न तुल्याउन सक्छ । हतारका काममा ढिलासुस्ती हुन सक्छ । पढाइलेखाइमा सोचेजस्तो प्रगति गर्न नसकिएला । कामको मेसो नमिल्दा अधिक खर्च हुन सक्छ । व्यापारमा धेरै फाइदा नभए पनि सामान्य लाभ मिल्नेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

मान्यजनसँग असमझदारी बढ्नेछ भने हठ गर्ने बानीले समस्या निम्त्याउन सक्छ । आफ्नो स्वामित्वका वस्तुमा विवाद आउन सक्छ । बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ । महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । आफन्तबीच आत्मीयतामा कमी आउला । पारिवारिक योजना बिस्तारै फलदायी हुनेछन् । पशु, भूमि र मातृधनबाट सामान्य लाभ मिल्नेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ । चुनौती पन्छाएर नयाँ काममा जग बसाउने मौका छ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

प्रशंसकहरू बढ्नेछन् भने शुभचिन्तकहरूले काममा सहयोग जुटाउनेछन् । विचारले धेरैलाई आफ्नो प्रभावमा ल्याउन सकिनेछ । बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ । मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । बोलीको भरमा चिताएको काम सम्पादन गर्ने समय छ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

रमाइलो दिन छ । रचनात्मक काम प्रारम्भ गर्ने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् । प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ ।

प्रकाशित मिति : ५ पुष २०८०, बिहीबार ०७:५३

लोकप्रिय