सूचनाको शक्ति - The Power Of Information

        

आज २०८० मंसिर २३ गते शनिवारको राशिफल

२०८० मंसिर २३ गते शनिवार, ९ डिसेम्बर २०२३ । मार्ग कृष्णपक्ष द्वादशी तिथि । चित्रा नक्षत्र, ९ः३७ बजेपछि स्वाती । चन्द्रराशि तुला ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

घुमफिर तथा मनोरञ्जनको समय छ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ । भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । अतिथिका रूपमा सत्कार पाइनेछ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ । आँटेका काममा साथीभाइबाट सहयोग मिल्नेछ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

काममा केही चुनौती देखिनेछन् र सोचेको फाइदा उठाउन समय लाग्नेछ । पेसा–व्यवसायमा प्रतिस्पर्धी बढ्न सक्छन् । चिताएका काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन् । तापनि चुनौती पन्छाएर काम बनाउन सकिनेछ । व्यापारलगायत आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ हुने समय छ । प्रतिस्पर्धीहरूलाई पछि पार्दै नयाँ काममा जग बसाउन सकिनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

परिस्थितिवश चिताएको काम रोकिन सक्छ । कामको मेसो नमिल्दा योजना अधुरै रहनेछ । हल्लाको पछि लाग्दा व्यर्थैमा दुःख पाइनेछ । आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन् । स्वास्थ्य–चिन्ताले सताउला । अध्ययनमा बाधा हुनेछ भने अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला । लक्ष्य प्राप्त गर्न नसकिएला । नयाँ काम थाल्न समय प्रतीक्षा गर्नुहोला ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

नियमित काम सम्पादन भए पनि विशेष योजना अड्किन सक्छ । हिस्सेदारसँग असमझदारी बढ्ने समय छ । निर्णय लिन केही अलमल भए पनि पछि लाभ हुने काम प्रारम्भ हुनेछ । फाइदाको स्रोत पहिल्याउन सकिनेछ । महत्त्वाकांक्षी योजना सार्वजनिक नगर्नुहोला । नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला । परिवारजनको सहयोगले लाभ उठाउन सकिनेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

फाइदा भए पनि प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ला । केही विवादास्पद जिम्मेवारी आउनेछन् । बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउन सक्छ । पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन् । साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला । चिताएका काममा बेलैमा योजना बनाएर प्रारम्भ गर्दा फाइदा हुनेछ । मिहिनेतले दैनिकीमा परिवर्तन आउनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

ढिलासुस्तीले काम बिग्रनेछ भने सानो गल्तीले मौका गुम्न सक्छ । बोलीको गलत अर्थ लाग्नाले वादविवादमा परिने सम्भावना छ । अध्ययनमा त्यति समय दिन नसकिएला । स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ । आफ्नो विचार सम्प्रेषण गर्न केही समय प्रतीक्षा गर्नुहोला ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

समयमा सजग नहुँदा महत्त्वाकांक्षी योजना बिग्रन सक्छ । व्यवहारमा केही चुनौती देखा पर्नेछन् भने अप्ठ्यारो परिस्थिति पनि सामना गर्नुपर्ला । आफ्नो क्षेत्रमा अरूले अधिकार जमाउन सक्छन् । भेटघाटमा अलमलिनाले चिताएका काममा बाधा उत्पन्न होला । तापनि मिहिनेत गर्दा पछिका लागि फाइदा हुनेछ । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

समयमा होस नपुग्नाले खर्च बढ्नेछ । ठूलो प्रयत्नले सामान्य उपलब्धि दिलाउनेछ । तर खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला । शुभचिन्तकहरूलाई बेवास्ता गर्दा दुःख पाइएला । परिवारजनबाट समेत टाढिनुपर्ला । प्रलोभन देखाउनेहरूले फसाउन सक्छन् । आफ्नै कमजोरीले विवाद निम्त्याउला । सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

मिहिनेतले आम्दानी बढाउनेछ । आयस्रोत बढ्नेछन् भने उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि, पशुपालन तथा व्यापारमा मनग्य लाभ हुनेछ । दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । अध्ययनमा राम्रै प्रगति हुनेछ । नयाँ ज्ञान सिक्ने समय छ । सञ्चित धनको उपयोगबाट विशेष फाइदा हुनेछ । श्रमको उचित मूल्यांकन होला । दिन उत्साहवर्द्धक रहनेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

सामान्य कामलाई पनि निकै मिहिनेत पर्नेछ । वचन पुर्याउन नसक्ता आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ । तापनि सहयोगीहरूले हिम्मत दिलाउनेछन् । मिहिनेतले काम सम्पादन हुनेछ र प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि पेसा–व्यवसायमा फाइदा हुनेछ । निरन्तर लागिपर्दा अप्ठ्यारो कामसमेत बन्न सक्छ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

अस्वस्थताले काममा जुट्न नसकिए पनि सहयोगीहरूले साथ दिनेछन् । पहिलेको सफलताले हौसला जगाउनेछ । नयाँ कामको प्रस्ताव आउन सक्छ । मिहिनेत गर्दा पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ । विगतका कमजोरीमा सुधार आउनेछ । लगनशीलताले लाभ दिलाउन सक्छ । तर मेहनतको फाइदा अरूले उठाउने चेष्टा गर्नेछन्, गोपनीयतामा ध्यान पुर्याउनुहोला ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ । अवसरवादीहरूले फसाउने चेष्टा गर्नेछन् । आफ्ना वस्तु तथा काममाथि अरूले नियन्त्रण गर्न सक्छन् । अध्ययनमा समय दिन नसकिएला । आर्थिक लाभ नहुने जिम्मेवारी वहन गर्नुपर्ला । सामूहिक काममा हात हाल्नुअघि विचार पुर्याउनुहोला । आफ्ना कमजोरी बाहिर आउनाले पनि काममा समस्या पर्न सक्छ ।

प्रकाशित मिति : २३ मंसिर २०८०, शनिबार ०७:२८

लोकप्रिय