सूचनाको शक्ति - The Power Of Information

        

नयाँ फिल्मको तयारीमा दीपकराज गिरी, आगामी दशैँमा रिलिज हुने

अभिनेता एवं निर्माता दीपकराज गिरी नयाँ फिल्मको तयारीमा जुटेका छन् ।

उनले आफ्नो समूह फिल्म निर्माणको तयारीमा लागेको जानकारी दिएका हुन् ।

फेसबुक पोस्टमार्फत उनले आफ्नो चलचित्र विसं. २०८१ सालको दशैँमा प्रदर्शन हुने पनि बताएका छन् ।

मंगलवार बिहान केदार घिमिरे (माग्ने बुढा)सँगको तस्वीर सेयर गर्दै उनले फिल्मको तयारीमा लागेको कुरा जानकारी दिएका हुन् ।

फिल्मको नाम, कलाकार र निर्देशकबारे भने उनले खुलाएका छैनन् । यद्यपि, केदारसँगको तस्वीर सेयर गरेकाले केदार भने चलचित्रमा रहने बुझ्न सकिन्छ ।

सन्तोष सेनको फिल्म ‘बलिदान’को प्रदर्शन मिति पनि आगामी दशैँलाई घोषणा भइसकेको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०८०, मंगलवार १५:२५

लोकप्रिय