सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा स्थानीय तह कर्मचारी जिल्ला संघर्ष समिति गठन

बाँकेमा स्थानीय तह कर्मचारी जिल्ला संघर्ष समिति गठन गरिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका वरिष्ठ अधिकृत खिमानन्द अर्यालको संयोजकत्वमा सबै ८ वटै पालिकाको प्रतिनिधित्व हुने गरी जिल्लास्तरीय ११ सदस्यीय संघर्ष समिति गठन गरिएको हो ।

नेपालगञ्ज उपमहानगरपालिकाको कार्यालयमा आज कर्मचारीको जिल्ला भेला गरी संघर्ष समिति गठन गरिएको हो ।

स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समितिद्वारा असोज १५ गतेदेखि जारी दवावमूलक कार्यक्रमलाई थप प्रभावकारी बनाउन बाँके जिल्लाका ८ वटै पालिकामा सहकार्य, समन्वय व्यवस्थापन र अनुगमन गर्दै आन्दोलनका कार्यक्रमहरुलाई दबाबमूलकरुपमा प्रस्तुत गर्न संघर्ष समिति गठन गरिएको अर्यालले बताए ।

No description available.

एकीकृत निजामती सेवा ऐनमा २० बुँदे मागलाई यथाशिघ्र सम्बोधन गर्न गराउन दबाब दिने उद्देश्यले गठित समितिको सदस्यहरुमा खजुरा गाउँपालिकाबाट खगेन्द्रबहादुर मल्ल, बैजनाथबाट पूर्णप्रसाद जैसी, कोहलपुर नगरपालिकाबाट सुवास पौडेल र शिला गौतम जानकीका दिपक केसी, नरैनापुरका लक्ष्मीकान्त मिश्र, डुडुवाबाट रामअचल यादव, राप्तीसोनारीका मनोज वली र नेपालगन्ज उपमहानगरपालिकाका पूजा बस्न्यात तथा सदस्य सचिवमा नेपालगन्ज उपमहानगरपालिकाका प्रविण राना रहेका छन् ।

स्थानीय तहका कर्मचारीले गत शुक्रबारदेखि पेन डाउन गरेर काम रोकेका छन् । मंगलबार काठमाण्डौमा कर्मचारीमाथि दमन भएपछि उनीहरु अझ आक्रोशित भएका छन् ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार १८:३९

लोकप्रिय