सूचनाको शक्ति - The Power Of Information

        

सिआइबीमा दुई डिएसपीको शीतयुद्ध

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी)ले गरेको नौं किलो सुनको अनुसन्धान गर्ने विषयमा दुई डिएसपीबीच शीतयुद्ध भएको छ ।

नौं किलो सुनको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पठाउदा पूर्वसभामुख कृष्णबहादुर महरा र उनको छोरा राहुल महराको नाम र कनेक्सन जोडिएको विषय अनुसन्धान प्रतिवेदनमा राखेको विषयमा ती दुई डिएसपीबीच शीतयुद्ध शुरु भएको हो ।

डिएसपी दुर्गा दाहालले अनुसन्धान गरेको प्रतिवेदनमा महारा बाबुछोराको नाम मात्र होइन सुन तस्करसँग प्रष्ट कनेक्सन देखिएको चार्टसहित बुझाएपछि अर्का डिएसपी मनजित महरा रिसाएका थिए । मनजित र कृष्णबहादुर महरा नजिकका आफन्त भएकाले उनी रिसाएका हुन् ।

पछि त्यही रहेका अर्का डिएसपीले सहजीकरण गरेपछि मात्रै डिएसपी महराले सहज अनुभूति गरेको सीआइबी स्रोतले जनाएको छ । अहिले पूर्वसभामुख महराका छोरा राहुल महराको अनुसन्धान सिध्याएर सरकारी वकिल कार्यालयमा बुझाइएको छ । पूर्वसभामुख महरालाई मुद्धा नचलाउने र राहुललाई मात्र मुद्धा चलाउन सीआइबीले सिफारिस गरेको छ ।

कृष्णबहादुर महरालाई पक्राउ नगर्ने र मुद्धा नचलाउनुमा उनै डिएसपी महराको हात रहेको चर्चा सीआइबीमा चलेको छ । हाल सीआइबीमै रहेका डिएसपी मदनजीत महराको पहलमा उनलाई सफाई दिनेगरी बयान लिइएको थियो । डिएसपी दुर्गा दाहालले अनुसन्धान गरिरहेको भएपनि डिएसपी महरा पूर्वसभामुख महराका आफन्तसमेत भएकाले बाबुछोराको मुद्धा एकै नहेरी सरकारी वकिल पठाइएको हो ।

कृष्णबहादुर महरालाई स्वास्थ्यको कारण देखाएर उनै डिएसपी मनजित महराको पहलमा कागज गराएर छाडिएको थियो । विद्युतीय चुरोट (भेप)मा लुकाएर ल्याएको तस्करीको ९ केजी सुन प्रकरणमा सीआईबीले पूर्वसभामुख तथा सत्तारुढ माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासँग बयान लिएको हो । छोरा राहुल महरा सीआइबीको हिरासतमा रहेको, उनको मुद्धा बुझाउने बेला भएकाले उनीसँग बयान लिएको सिआइबीका एक प्रहरीले बताए ।

‘विमानस्थलबाट तस्करी भई आएको नौं केजी सुन प्रकरणमा पूर्वसभामुख महरासँग सीआईबीले सोधपुछ गरेको हो,’ सिआइबी ती अधिकारीले भने । उनलाई सिआइबीकै कार्यालयमा बोलाएर बयान लिएको हो । २०७९ पुस १० मा दुबईबाट चिनियाँ गिरोहले भेपमा लुकाएर नौं केजी सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ल्याएको थियो ।

करिब ९ करोड बराबरको सुन महराको परिवारसँग निकट रहेका चिनियाँ तस्करीका नाइके ली हाङसाङ र दाओजिन वाङको योजनामा नेपाल ल्याइएको थियो । सो सुन छुटाउन महरानै प्रयोग भएका थिए । भेपमार्फत ल्याइएको सुन विमानस्थल भन्सारले नियन्त्रणमा लिएपछि त्यसलाई छुटाउन महरा परिवारको साथ रहेको सिआइबीको दावी छ ।

सिआइबीले सरकारी वकिल कार्यालयमा बुझाएको प्रतिवेदनमा पनि सो कुरा उल्लेख गरेको छ । सुन आएपछि भन्सारमा भएको सामान छुटाउन महरा र उनका छोरा राहुलसहितको समूहले भन्सार प्रशासनलाई पटक–पटक दबाब दिएको थियो । भेप भन्सारकै नियन्त्रणमा रहेका बेला कर्मचारीलाई दबाब दिइएको थियो ।

भन्सार कर्मचारी र भन्सार एजेन्टसहितको योजनामा गोदामबाटै चोरी भएको सुन सिआइबीको अनुसन्धानपछि मात्रै उनीहरुको संलग्नता खुलेको थियो । भन्सार कार्यालयले थप अनुसन्धान गर्न सीआइबीलाई जिम्मा दिएकोमा पहिलो चरणमा सुन चोरीमा मात्रै मुद्दा गएको थियो ।

चोरीको अनुसन्धानका क्रममा महरा र उनका छोरा राहुलसहितका व्यक्ति चोरी हुनु अगावै सुन छुटाउन भन्सारलाई दबाब दिनेदेखि सुन ल्याउने तस्करसँग पटक–पटक सम्पर्कमा रहेको खुलेको थियो । त्यसको अहिले सीआइबीमा अनुसन्धान जारी छ ।

अनुसन्धानका क्रममा राहुल पक्राउ परिसकेका छन् भने चिनियाँ तस्करसँग निकट रहेको खुलेपछि महरा पनि अनुसन्धानमा तानिएका हुन् । उनलाई काठमाडौं बाहिर नजाने सर्तमा राखिएको थियो । अहिले भने छोरा राहुलसँगै उनको मुद्धा सरकारी वकिल कार्यालयमा पठाइएको छ ।

प्रहरीले साउन २ मा बरामद भएको सुन र भेपमार्फत सुन तस्करी गर्ने एउटै समूह भएको निष्कर्ष निकालेको छ । सोही आधारमा ली हाङसाङ र दाओजिन वाङलाई पनि मूख्यप्रतिवादी बनाइएर मुद्धा पठाइएको छ । सो मुद्धामा अहिले जिल्ला अदालतले २५ जनालाई थुनामा पठाएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार १५:३९

लोकप्रिय