सूचनाको शक्ति - The Power Of Information

        

लगातार तेस्रो दिन पनि राताम्मे हुँदै नेप्से १९ सय विन्दु भन्दा तल

लगातार तेस्रो दिन आज पनि शेयर बजार घटेर राताम्मे भएको छ ।

शेयर बजार परिसूचक नेप्से आज १९ दशमलव शून्य ६ अंकले घटेर एक हजार आठ सय ८९ दशमलव ५९ विन्दुमा झरेको छ । आज सबै समूहको शेयर ओरालो लागेको छ ।

सबैभन्दा धेरै बाराही हाइड्रोपावर कम्पनीको शेयर साढे सात प्रतिशत तथा गरिमा डिबेञ्चरको शेयर झण्डै ६ प्रतिशतले ओरालो लागेको छ ।

समग्रमा बजार घटेको दिन आज सबैभन्दा धेरै अपर लाहोरे खोला जलविद्युत् कम्पनीको शेयर झण्डै ६ प्रतिशतले बढेको छ ।

आज ४२ लाख ८७ हजार कित्ता शेयर एक अर्ब २८ करोड ३१ लाख रुपैयाँमा कारोबार भएका छन् ।

सबैभन्दा धेरै सानिमा जीआईसी इन्सुरेन्स कम्पनीको २० करोड ३७ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलवार १८:१७

लोकप्रिय