सूचनाको शक्ति - The Power Of Information

        

नरेन्द्रजंग पिटरको बकपत्र सार्वजनिक

नरेन्द्रजंग पिटरद्वारा लिखिति बकपत्र पुस्तक सार्वजनिक भएको छ ।

काठमाडौंमा सोमबार एक कार्यक्रमको आयोजना गरी पिटरले लेखेको जीवन, दर्शन र संघर्षमा आधारित वकपत्र कृतिको सार्वजनिक गरिएको हो ।

जिन्दगीबारे लेख्नुभन्दा पहिले जिन्दगी जिउनुपर्ने विषय पुस्तकमा समेटिएको छ । पुस्तकमा जीवन संघर्षबारे यथार्थ चित्रण गरिएको छ ।

कृतिमा जनयुद्ध र तत्कालीन माओवादीको आन्तरिक द्वन्द्वका घटनाहरुको विश्लेषण गरिएको छ । पुस्तक तथ्यमा आधारित र विचारहरुमा सुन्दरता रहेको कृति समिक्षाकारहरुले औंल्याएका छन् ।

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार १७:२७

लोकप्रिय