भेरी अस्पतालमा विभिन्न विशेषज्ञ सेवा र आधुनिक जाँच सेवा थपिँदै गएका छन् । स्वास्थ्य उपचारका लागि अतिनै आवश्यक मानिने एमआरआई मेसिन जडान हुने प्रक्रियामा रहेकै बेला सो अस्पतालमा क्यान्सर रोग पत्ता लगाउन गरिने जाँच अर्थात् ‘हिस्टो प्याथोलोजी’ सेवा सुरु गर्ने तयारी गरिएको हो ।
भेरी अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाहले क्यान्सर पत्ता लगाउन जाँच गर्न बाहिर पठाउनु परेकोले बिरामीलाई समस्या हुने गरेकोले अस्पतालमै हिस्टो प्याथोलोजी सेवा सुरु गर्ने तयारी भइरहेको बताए । उनले यसका लागि क्यान्सर रोग जाँच गर्न आवश्यक पर्ने मेसिन ल्याउने प्रक्रिया सकिएको बताए ।
अध्यक्ष शाहले थपे, ‘क्यान्सर पत्ता लगाउन जाँच गरिने हिस्टो प्याथोलोजी सेवा सुरु गर्न आवश्यक तयारी पुरा गरेर थप प्रक्रिया अगाडी बढाइएको छ, छिटै मेसिन आउने आशामा छौं ।’ अध्यक्ष शाहका अनुसार अस्पतालले हाल आपतकालीन प्रयोगशाला जाँच २४ सै घण्टा र ओपिडी प्रयोगशाला बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म सञ्चालन गर्दै आएको छ ।
प्रयोगशालामा दैनिक ४०० जनाले विभिन्न प्रकारका परिक्षण गराउँदै आएका छन् । अस्पतालका प्रयोगशाला इन्चार्ज प्रशन्न मिश्रले पनि अब छिट्टै हिस्टो प्याथोलोजी सेवा सुरु गर्ने तयारी भइरहेको जनाउँदै यसबाट पश्चिम नेपालका धेरै बिरामीलाई समयमै रोग पत्ता लगाउन सहयोग पुग्ने बताए ।
उनले भने, ‘हिस्टो प्याथोलोजी सेवा सञ्चालन गर्ने प्रक्रिया अगाडि बढिसकेको छ, भेरीमा यो सेवा सुरु भएपछि क्यान्सर सम्बन्धी बिरामीलाई धेरै राहत मिल्नेछ ।’ बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा पनि केही समय अघिबाट हिस्टो प्याथोलोजी सेवा सञ्चालनमा आएको छ । तर, भेरी अस्पतालमा पनि यो सेवा सुरु भएपछि पश्चिम नेपालका विभिन्न अस्पतालबाट पनि क्यान्सर पत्ता लगाउन नमुनाहरु यहाँ पठाइने जनाइएको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके