मौसम पूर्वानमान महाशाखा

आज कुन-कुन स्थानमा पर्छ पानी? यस्तो छ मौसम पूर्वानुमान

देशभर आंशिकदेखि सामान्य बदली

हाल देशमा स्थानीय वायु संगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङसहित हल्का वर्षा भइरहेको छ।

यस्तै, आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ। देशको पहाडी भू-भागका केही स्थानहरू तथा तराई भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग/ हावाहुरीसहित क्षणिक/हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यसैगरी आज राती देशभर आंशिकदेखि सामान्य बदली रहने छ। पहाडी भू-भागका थोरै स्थानहरुमा तथा तराई भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ।





प्रतिक्रिया

लोकप्रिय