पोखरा विमान दुर्घटना अपडेट

विमान दुर्घटनामा परेका ४१ जनाको शव निकालियो, यसरी गरिँदैछ उद्दार

यति एयरलाइन्सको विमान दुर्घटनाको उद्दार जारी रहेको छ । आइतबार बिहान १०ः३२ मा पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर विमान सेती खोचमा दुर्घटनागस्त भएको थियो ।

उक्त विमानमा चालक दलका चार सदस्यसहित ७२ जना सवारका थिए । विमानमा सवारमध्ये ४१ जनाको शव निकालिएको उद्दारमा खटिएका एक सुरक्षाकर्मी जानकारी दिएका छन् । उनका अनुसार २९ जनालाई अस्पताल पुर्याइएको छ ।

१२ जनालाई खोँचबाट निकाल्ने प्रयास भइरहेको छ । उनीहरूलाई डोरीबाट निकाल्ने प्रयास भइरहेको उनले बताए । हालसम्म विमानबाट निकालिएका अधिकांशको मृत्यु भएको आशंका गरिएको छ । अहिले सुरक्षाकर्मी र स्थानीय लगायत उद्दार कार्यमा जुटेका छन् ।

 

प्रतिक्रिया

लोकप्रिय