प्रतिनिधिसभाको दोस्रो बैठक सुरु

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदै (प्रत्यक्ष प्रशारण)

प्रतिनिधिसभामा प्रस्ताव पेश गर्दै विश्वासको मत माग्न प्रधानमन्त्री दाहाललाई सभामुखले समय दिइसकेका छन् ।

Featured Video Play Icon

प्रतिनिधिसभाको दोस्रो बैठक सुरु भएको छ । मंसिर ४ गतेको निर्वाचनपछि मंगलबार सुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिनेछन् ।

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने सम्बन्धी सूचना (हिजो सोमबार बैठक बसेको थियो) प्रतिनिधिसभाको बैठकमा सभामुख (सभामुख नभएको बेला ज्येष्ठ सदस्यबाट) पशुपतिशमशेर राणाले सुनाइसकेका छन् ।

नयाँ संसदको पहिलो बैठकमै प्रतिनिधिसभाका सदस्यहरूलाई जानकारी गराइसकेको र प्रतिनिधिसभामा प्रस्ताव पेश गर्दै विश्वासको मत माग्न प्रधानमन्त्री दाहाललाई सभामुखले (सभाका ज्येष्ठ सदस्य राणा) समय दिइसकेका छन् ।

प्रचण्ड नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम गएको १० गते प्रधानमन्त्रीमा नियुक्त भइसकेपछि उपधारा (४) बमोजिम ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान छ । संघीय संसद् अन्तरगत प्रतिनिधिसभा पहिलो अधिवेशनको दोस्रो बैठकको प्रत्यक्ष प्रशारण ।

प्रतिक्रिया

लोकप्रिय