के गर्दैछिन् छोराबाट छोरी भएकी कलाकार सन्तोष पन्तकी छोरी ?

नेपालको हास्य कला–कारिताका किङ्ग हुन् सन्तोष पन्त । कमेडी च्याम्पियन रियालिटी शोमा उनलाई कमेडीका बादशाह भनेर भनिन्छ । तर उनका कान्छा छोरा दश वर्षअघि निक्कै चर्चामा आए । उनी छोराबाट छोरी भइन् ।

हिजोःसम्म उनी प्रतीक थिए, कलाकार सन्तोष पन्तका कान्छा छोरा । त्यसपछि उनी केटलिन भएकी छिन्, पन्त परिवारकै कान्छी छोरीका रूपमा । लैङ्गिक परिवर्तन गर्दा निकै नै चर्चामा आएकी केटलिन आखिर कहाँ छिन् ? त्यो कौतुहलताकै विषय बनेको छ ।

केही समय अघिसम्म उनी टिसर्ट र पेन्ट लगाउँथिन्, बाध्यतामा । अब खुलेर लेडिज पहिरन लगाउन थालेकी छिन् । उसै त मृगनयनी, त्यसमाथि कोश मिलाएर गाजल लगाउँदा उनका आँखा कम राम्रा देखिँदैनन् ।

अनुहारको सेप, शारीरिक संरचना एवं हाउभाउले उनी कुनै नायिकाभन्दा कम देखिन्नन् । बोलीमा पनि किशोरीझैं मादकता झल्कन्छ । धेरैलाई हिजोआजका कुरामा प्रतीक पन्तले बाल कलाकारको भूमिका निर्वाह गरेको सम्झना हुनुपर्छ ।

बाबु सन्तोष पन्तका साथ उनी विज्ञापनमा पनि झुल्किन्थे । भुक्क फुलेको जीउ र तोतेबोलीमा गरिएको अभिनयले त्यसबेला धेरैलाई मोहनी लगाएको थियो । कथामा बाल कलाकारको आवश्यकता पर्नेबित्तिकै देखा पर्ने सन्तोष पन्तका दुई छोरामध्ये उनी कान्छा हुन् ।

नेपाल टेलिभिजनबाट उक्त टेलिश्रृंखला बन्द भएपछि प्रतीकका दाजु साकार पन्त उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया गए । भाई प्रतीक भने माध्यमिक शिक्षा पूरा गर्न थाले । अनि घरमा आमा प्रतिभा पन्तसँगको सम्बन्धले त झन बढि सहयोग पुर्याएको केटलिन सम्झिन्छिन् ।

सात कक्षा पढ्न थालेपछि आफ्नो शरीर र मनबीच सम्बन्ध टुट्न थालेको बताउदै केटलिनले त्यही समयमा जहिले पनि केटासँग बस्न मन पराउनुको कारण बल्ल खोलेकी छिन् । पुरुष भए पनि १३ वर्षको उमेरदेखि स्त्रीजन्य स्वभाव देखाउन थालेकी केटलिनले सबैभन्दा पहिले आफ्नो आमालाई समस्या सुनाएकी थिइन् ।

प्रारम्भमा आमाले छोरो आफूसँग जिस्किएको हो कि भन्ने मानेकी थिइन् । विस्तारै छोराको स्वभाव छोरीको जस्तै हुन थालेको अनुभव आज आएर पाएकी छिन् । कुरा केही वर्ष पहिले एस.एलसीको तयारी हुन थालेपछिको थियो । त्यो बेला उनको मोटो शरीर पातलो एवं स्त्री जस्तै हुँदै जान थालेपछि साथीहरूले गम्भीर रूपमा लिन थाले ।

अब यसको समा’धान खोज्न थालियो । केटलिनले इन्टरनेटको माध्यमबाट यस्ता समस्याका सम्बन्धमा जानकारी लिन थालिन् । घरमा पनि यस विषयमा सोध खोज हुन थाल्यो । इन्टरनेटको माध्यमबाटै पुरुष महिलाका रूपमा परिवर्तन हुन सक्ने जानकारी हात पर्यो । १२ कक्षाभरि उनले त्यसको तयारी गरेको बताइन् ।

त्यही समयदेखि डाक्टरको सहयोगमा उनले लैङ्गिक पहिचान नै परिवर्तन गरिन् । केटाबाट केटी भइन् । उनलाई दाजु साकारले साथ दिएका थिए । थाइल्यान्ड गएर उनी पुरुषबाट महिला बनिन् । दाजु साकार पन्तले गत बर्षमात्रै काठमाडौँ जोरपाटी निवासी आयुशी खनालसँग बिबाह गरेका छन् ।

चलचित्र ‘हिजो आजका कुरा’ दाजु साकारले निर्देशन गरेका थिए । भाईबाट बहिनी बनेकी केटलिन भने उच्च शिक्षा अध्ययनका लागि विदेशमा छिन् । अध्ययन सकेर बिबाह गर्ने उनको लक्ष्य छ । उनलाई परिवारबाट कुनै नियन्त्रण छैन । अरु सामान्य मानिस सरह उनी स्वतन्त्र जीवन विताइरहेकी छिन् ।

प्रतिक्रिया

लोकप्रिय