पृथ्वीको परिक्रमा ‘सुस्त’ बनाएको संसारकै ठूलो ‘थ्री गर्जेज’ बाँध

चीनले २२ हजार ५०० मेगावाट क्षमतायुक्त ‘थ्री गर्जेज’ बाँध सन् २००३ मा बनायो । अहिले यसलाई विश्वको सबैभन्दा ठूलो जलविद्युत बाँध मानिन्छ । यो परियोजना १९९४ मा सुरु भएको थियो । जब चीनले अत्यधिक बढ्दो जनसंख्याको माग पूरा गर्न ऊर्जा उत्पादनका लागि हरियाली र अधिक प्रभावकारी तरिका खोजिरहेको थियो ।

साथै, देशभरि प्रविधिको वृद्धि भएको थियो । यो बाँध पनि अर्को महत्वपूर्ण उद्देश्यले निर्माण गरिएको थियो । याङ्जी नदीको आकारका कारण स्थानीयले बाढीको सामना गरिरहेका थिए । विशेषगरी वर्षायाममा लाखौं बासिन्दालाई प्रभावित पारेको थियो । बाँध हुबेई प्रान्तभित्रका मानिसका जीवनस्तर सुधार गर्न निर्माण गरिएको थियो । तर, यसले पृथ्वीको परिक्रमा पनि सुस्त बनायो ।

बाँधले पृथ्वीलाई परिक्रमा गर्न ढिलो गर्न सक्छ ?

धेरै मानिसले आफ्नो निर्णय गर्नुपूर्व यसबारे कम्तिमा तीनपटक सोच्नेछन् किनभने यो घटनाबारे पहिलोपटक सुन्दा सबैको यस्तै प्रतिक्रिया आउने गर्छ । बाँध निर्माण गर्दा यसमा अत्याधुनिक प्रविधि जस्तै, अत्याधुनिक हाइड्रो टर्बाइन उच्च दक्षतासाथ डिजाइन गरिएको थियो । बाँधको पछाडिको वास्तुकला यति राम्रो छ कि यसले ३९ हजार अर्ब किलो पानी (१० हजार अर्ब ग्यालन पानी) समुद्र सतहबाट १७५ मिटर उचाइमा पुर्याउन सक्छ ।

यतिधेरै पानी जम्मा भएका कारण यसले यति ठूलो प्रभाव सिर्जना गर्न पुग्यो कि बाँधका माध्यमबाट पानीको उच्च मासका कारण पृथ्वी घुम्दा केही गति गुमाउँछ । यो क्षण मुख्यतयाः ग्रह वरिपरि चलिरहेको पानीको विशाल संरचना बन्ने गर्छ । यद्यपि, यसले हामीलाई त्यति असर गर्दैन जति नासाको हिसाबमा बाँधले पृथ्वीको परिक्रमा ०.०६ माइक्रोसेकेन्डले मात्र ढिलो गर्छ ।

पृथ्वीको यो परिक्रमा वास्तवमा चन्द्रमाको स्थिति, भूकम्प र हालसालै प्रमाणित जलवायु परिवर्तन जस्ता अन्य कारण प्रायः सुस्त हुन्छ । अझ चाखलाग्दो के छ भने पृथ्वीको परिक्रमाले समयलाई पनि असर गर्छ । हरेक पाँच वर्षमा दिनलाई एक मिलिसेकेन्डले लामो बनाउँछ । त्यसैले भविष्यमा दिन घन्टाले लामो हुनसक्छ । यसले उत्तरी ध्रुवलाई दुई सेन्टिमिटरले सार्न पनि सक्छ छ ।

के बाँध यसको लायक थियो ?

त्यतिबेला यो परियोजनामा चीनको सबैभन्दा ठूलो लगानी थियो । बाँधको कूल लागत २८ अर्ब अमेरिकी डलरभन्दा बढी थियो । ठूलो मूल्य बिन्दुबाहेक बाँधले रोकेको पानीको उच्चमात्राका कारण यसले चीनको पश्चिमी क्षेत्रभित्र साना भूकम्प सिर्जना गरेको थियो । चीनका जनतालाई सुरक्षित राख्न उक्त क्षेत्रका १३ लाख मानिसलाई बाँधबाट उत्पन्न हुने भूकम्प अस्थिर भएकाले स्थानान्तरण गर्नुपरेको थियो ।

बाँध निर्माणका कारण मानिसले मातृभूमि छाड्नुका साथै ऐतिहासिक सम्पदाहरू पनि ध्वस्त पारेको छ र अहिले लोप हुने खतरामा परेका विभिन्न प्रजातिका जीवजन्तुहरूको पारिस्थितिकीय प्रणाली पनि नष्ट भएको छ । अमेरिकी सञ्चार संस्था सिएनएनको यो लेखमा लेखकले बाँध, यसले हुबेई प्रान्तभित्रका मानिसलाई यो निर्माण हुनुअघि र पछि कसरी असर गरेको थियो भन्ने केही प्रशंसनीय तर्क दिन्छन् ।

बाँधले वास्तवमा तीन प्रान्तका ११४ सहर र १ हजार ६८० गाउँका बासिन्दा प्रभावित भएका छन् । त्यसबेला चीनमा कम्युनिस्ट शासन भएका कारण बाँधको विरोध गर्न बाहिर निस्केकालाई सरकारले दमन गरेको थियो । त्यहाँ बाँध निर्माण प्रक्रिया र निर्माण भएपछि यसका काम देखाउने बारे पुरानो वृत्तचित्र पर्याप्त छ । समग्रमा, बाँधले चिनियाँ जनताको जीवनस्तर सुधार गर्नुको सट्टा थप हानी पुर्याएको देखिन्छ । यद्यपि, इन्जिनियरिङका हिसाबले यो बाँध नमुना रहेको छ ।

स्रोत : एजेन्सीहरुको सहयोगमा

प्रतिक्रिया

लोकप्रिय