चार जिल्लामा साढे ६ अर्ब क्षति

गत असोज मध्यमा आएको बेमौसमी वर्षाले कर्णाली प्रदेशका ४ जिल्लामा साढे ६ अर्ब रुपैयाँबराबरको क्षति पुगेको प्रारम्भिक तथ्यांक सार्वजनिक भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राविधिकरणले गरेको अनुसन्धानले गत असोज १७ पछि कर्णाली प्रदेशका ४ जिल्लामा आएको मनसुनजन्य विपत्तिले ६ अर्ब ४३ करोड बराबरको नोक्सानी पुर्‍याएको देखाएको हो ।

प्राधिकरणको प्रारम्भिक अध्ययनअनुसार सबैभन्दा धेरै असर जुम्लामा परेको छ । जुम्लामा २ अर्ब २५ करोड ५९ लाख बराबरको वित्तीय क्षति पुगेको छ ।

यसैगरी, कालिकोटमा २ अर्ब १० करोड ६४ लाख, मुगुमा १ अर्ब २९ करोड ३७ लाख र हुम्लामा सबैभन्दा कम ७६ करोड २२ लाख रुपैयाँ बराबरको क्षति पुगेको छ ।

प्रतिक्रिया

लोकप्रिय