गोकुल बास्कोटाको घरमा शंकास्पद वस्तु फेला, सेनाको टोली जाँदै

नेकपा एमालेका नेता तथा काभ्रे २ बाट नवनिर्वाचित सांसद गोकुल बास्कोटाको घरमा शंकास्पद वस्तु फेला परेको छ।

भक्तपुरको मध्यपुरथिमी नगरपालिका वडा नम्बर १ लोकन्थलीमा रहेका बास्कोटाको घरमा आइतबार बिहान शंकास्पद वस्तु फेला परेको जिल्ला प्रहरी परिस भक्तपुरका डिएसपी राजु पाण्डे बताए ।

उनका अनुसार घरको सिढीमा तार जोडिएको अवस्थामा प्रेसर कुकर देखिएको छ। त्यसलाई डिस्पोज गर्न नेपाली सेनाको टोली बोलाइको पाण्डेले बताए ।

प्रतिक्रिया

लोकप्रिय