समानुपातिकमा कुन दलले कति मत पाए ? अपडेट

प्रत्यक्षतर्फ सबैभन्दा धेरै सिट जितेर नेपाली कांग्रेस अगाडि बढिरहेका बेला समानुपातिकमा नेकपा एमालेले पहिलो स्थान कायमै राखेको छ । जारी मतगणना अनुसार आइतबार बिहानसम्म एमालेले २२ लाख ७५ हजार ६५० मत पाएको छ ।

दोस्रो स्थानमा कांग्रेसले २१ लाख ७० हजार ६९८ मत पाएको छ । नेकपा माओवादी केन्द्र ९ लाख ५२ हजार ५०० मतका साथ तेस्रो स्थानमा रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी  ९ लाख १५ हजार १६३ मतका साथ चौंथो स्थानमा छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी ४ लाख ८३ हजार ६६१ मतका साथ पाँचौँ स्थानमा रहँदा जनता समाजवादी पार्टी २ लाख ७४ हजार १८० मतका साथ छैठौँ र नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी २ लाख १४ हजार २८६ मतका साथ सातौँ स्थानमा छ ।

प्रतिक्रिया

लोकप्रिय