जनतद्वारा अनुमोदन, पालो कार्यान्वयनको

मुलुकको आर्थिक विकास र समृद्धि गर्ने बाचा गरेर रमजनीतिक दलहरूले जनतामाझ सार्वजनिक गरेको घोषणापत्रलाई मंसिर ४ को मतदानबाट अनुमोदन गरेका छन् ।

मुलुकका दुई प्रमुख पार्टी नेपाली कांग्रस र नेकपा एमाले अन्य ससाना पार्टीहरूसँग गठकन्धन गरेर निर्वाचनमा गए पनि सबै पार्टीहरूले आ-आफ्नै घाषणपत्र सार्वजनिक गरेर जनतामाझ पुगेका थिए । राजनीतिक दलहरूले घोषणपत्रमा मतदाताको मत जित्ने गरी महत्वाकांक्षी कार्यक्रमहरू ल्याएका थिए ।

आमजनताले त्यसलाई अनुमोदन गरेर आफ्ना प्रतिनिधि पठाएका छन् । जनताको यही विश्वासलाई कुठाराघात नगर्ने गरी बाचाअनुसार दलहरूले काम गर्ने पालो आएको छ ।

प्रतिनिधप्सभाको प्रत्यक्ष निर्वाचनतर्फ कुल १ सय ६५ सिटमध्ये शनिबार बेलुकासम्म १ सय ५० भन्दा बढीमा परिणाम आएको छ । पछिल्लो निर्वाचन परिणमअनुसार कुनै पनि दलको बहुमत आउने देखिएको छैन ।

स्रोत : कारोबार दैनिक

प्रतिक्रिया

लोकप्रिय