निर्वाचन विशेष

समानुपातिकतर्फ प्रदेशमा एमालेकै अग्रता, कसको कति ?

प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मत परिणाम सार्वजनिक भइरहेको छ । प्रतिनिधिसभा समानुपातिकतर्फ एमालेले सुरुदेखि नै अग्रता बनाएको छ । दोस्रोमा कांग्रेस र तेस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टी छ ।

प्रदेशसभा समानुपातिकतर्फ एमाले पाँच प्रदेशमा अगाडि छ । मधेसमा कांग्रेस र कर्णालीमा माओवादी अगाडि छ । बिहान ६ बजेसम्म प्रदेशसभा समानुपातिकतर्फको नतिजा प्रदेशगत रूपमा यसप्रकार छ,

प्रदेश १ मा राप्रपा तेस्रो स्थानमा

प्रदेश १ मा एमालेले अग्रता लिइरहेको छ । हालसम्म प्रदेश १ मा एमालेले दुईलाख ९० हजार २८० मत प्राप्त गरेको छ । दोस्रोमा रहेको नेपाली कांग्रेसले दुईलाख ५७ हजार ६९३ मत पाएको छ ।

राप्रपाले ९२ हजार ८३६ मत प्राप्त गर्दा माओवादी केन्द्रले ८१ हजार ८५६, जसपाले ३७ हजार ६५६ र नेकपा (एकीकृत समाजवादी)ले २२ हजार ५७५ मत पाएको छ ।

मधेसमा कांग्रेस नै शक्तिशाली

मधेस प्रदेशमा नेपाली कांग्रेसले अग्रता लिएको छ । कांग्रेसले एकलाख ३२ हजार ९५५ मत पाएको छ । दोस्रो स्थानमा रहेको एमालेले एकलाख चार हजार ४१० मत पाएको छ ।

जसपाले ८८ हजार ७०० मत, जनमत पार्टीले ६५ हजार ८२५ र नेकपा (माओवादी केन्द्र)ले ४७ हजार ९८६ मत पाएको छ । लोसपाले ३६ हजार २८९ र एकीकृत समाजवादीले २५ हजार ४६९ मत पाएका छन् ।

वाग्मतीमा माओवादी चौँथो स्थानमा

वाग्मती प्रदेशमा नेकपा(एमाले)ले अग्रता लिइरहेको छ । उसले २८ हजार ६ हजार ५३१ मत पाएको छ । नेपाली कांग्रेसले दुई लाख ५३ हजार ९२० मत पाएको छ ।

यहाँ राप्रपाले एकलाख ५३ हजार ९७० मत पाएको छ । माओवादीले एकलाख ३८ हजार २८९ र नेमकिपाले ५९ हजार ४७० मत पाएको छ ।

गण्डकीमा एमाले नै पहिलो

एमाले गण्डकी प्रदेशमा पहिलो दल बनेको छ । समानुपातिकतर्फ यहाँ एमालेले दुईलाख ८५ हजार ७३२ मत पाएको छ । दोस्रोमा रहेको कांग्रेसले दुई लाख ६३ हजार १२६ मत पाएको छ ।

तेस्रोमा माओवादीले एकलाख ४ हजार ७०४ मत पाएको छ । यहाँ राप्रपाले ४९ हजार ३८६ र हाम्रो नेपाली पार्टीले १६ हजार ५७७ तथा राष्ट्रिय जनमोर्चाले १४ हजार ३३० मत पाएको छ ।

लुम्बिनीमा कांग्रेस दोस्रो

लुम्बिनीमा एमालेले तीन लाख ६८ हजार ५२७ मत पाएको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले तीन लाख ३३ हजार १६३ मत पाएको छ ।

तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले एक लाख ३३ हजार ६७०, राप्रपाले ८२ हजार ४२५, जसपाले ४९ हजार ४९३ र नागरिक उन्मुक्ति पार्टीले ४९ हजार ४९३ मत पाएको छ । यहाँ जनमत पार्टीले ४१ हजार ५६७ मत पाएको छ ।

कर्णालीमा माओवादी पहिलो

कर्णाली प्रदेशमा भने माओवादी केन्द्र पहिलो स्थानमा छ । उसले ७६ हजार १७३ मत पाएको छ । दोस्रो स्थानमा रहेको एमालेले ७३ हजार ९, तेस्रो स्थानमा रहेका पाँच हजार १० मत पाएको छ । चौँथो स्थानमा रहेको १८ हजार ६०५ मत पाएको छ ।

सुदूरपश्चिममा एमाले नै पहिलो

सुदूरपश्चिम प्रदेशमा एमालेले एकलाख ५० हजार २२७ मतका साथ अग्रता कायमै राखेको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले एकलाख ४४ हजार ५९१ मत पाएको छ ।

तेस्रो स्थानमा रहेको माओवादीसँग ६८ हजार ३८९, नागरिक उन्मुक्ति पार्टीले ३५ हजार ५७५ तथा नेकपा(एकीकृत समाजवादी) ले २६ हजार ८ पाएको छ ।

प्रतिक्रिया

लोकप्रिय