२०७९ मंसिर १० गतेको राशिफल – मेषलाई अलमल, मीनलाई लाभ

२०७९ मंसिर १० गते, शनिवार, २६ नोभेम्बर २०२२ । मार्ग शुक्लपक्ष तृतीया तिथि । मूल नक्षत्र, १८ः४६ बजेदेखि पूर्वाषाढा । चन्द्रराशि– धनु ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

अरूका काममा श्रम तथा बुद्धि खर्चनुपर्ला । बाध्यताले अलमल बढाउन सक्छ । सानातिना काममै अल्झनुपर्ने देखिन्छ । पहिलेका समस्या पनि दोहोरिन सक्छन् । आशा देखाउनेहरूको भरपर्दा धोका धोका हुनेछ । तापनि प्रयत्न गर्दा चुनौती पन्छाएर लाभ उठाउन सकिनेछ । सेवामूलक कामबाट प्रतिष्ठा मिल्ने समय छ । नयाँ काम थाल्न भने केही समय लाग्नेछ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

स्वास्थ्य कमजोर रहनाले चिताएको काम गर्न नसकिएला । व्यवसायमा बाधा पुग्नेछ भने अरूका लागि बुद्धि खर्चनुपर्ने देखिन्छ । आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन् । मौका आए पनि काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला । तत्काल ठूलो फाइदा नदेखिएकाले लाभ उठाउन हतार नगर्नुहोला । सेवामूलक कामबाट राम्रो उपलब्धि प्राप्त हुनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । शुभचिन्तकहरूले साथ दिनेछन् । साथीभाइको सहयोगले आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । अतिथिका रूपमा सत्कार पाइनेछ । घुमफिर तथा मनोरञ्जनको समय छ । व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्त हुनेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । नयाँ अवसरले काममा उत्साह जगाउनेछ । व्यवसायका लागि सम्भावना खोजी गर्ने समय छ । भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ । परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

अप्रिय समाचारले मन खिन्न हुनेछ । खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्ला । पढाइलेखाइमा धेरै समय दिन नसकिएला । व्यावसायिक काममा सामान्य फाइदा हुनेछ । काममा अवरोध आउन सक्छ । सन्तान वा शुभचिन्तकहरूको सल्लाह, सहयोगले फाइदा हुनेछ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

ढिलासुस्तीले काम बिग्रनुका साथै हातमा आएको मौका गुम्न सक्छ । स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ । बेसुरको निर्णयले समस्या निम्त्याउनेछ । अनावश्यक साइनो गाँसी नजिकिनेहरूसँग पनि सावधान रहनुहोला । विचार नमिल्नाले आफन्त टाढा हुनेछन् । बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई बिस्तारै सुधार गर्न सकिनेछ । कामको चाप भने बढ्नेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

मेहनत गर्दा जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । विभिन्न उपहार प्राप्त पाइएला । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । कृषिमा कामको चाप बढे पनि प्रशस्त धन आर्जन हुने समय छ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

मिहिनेत परे पनि सोचेको नतिजा हातलागी नहुन सक्छ । परिबन्धले काममा बाधा पुर्याउन सक्छ । आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन् । अध्ययनतर्फ धेरै समय जुट्न नसकिएला । समयमा वचन पुर्याउन नसक्ता आलोचित भइनेछ । खर्च हुने डरले सताउन सक्छ । वादविवादले व्यर्थैमा मानहानि गराउनेछ । द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

पहिलेको सफलताले महत्त्वाकांक्षा बढाउनेछ । विभिन्न अवसर पनि आउनेछन् । तर हठात् निर्णय गर्दा समस्या देखिन सक्छ । खानपान र भेटघाटको अलमलले चिताएका काममा बाधा पुग्न सक्छ । तापनि प्रयत्न गर्दा दिगो काममा जग बसाउने अवसर जुट्नेछ । मिहिनेत गर्दा नाम, दाम र इनाम हातपार्ने सौभाग्य प्राप्त हुनेछ । ईर्ष्या गर्नेहरूबाट जोगिएर अघि बढ्नुहोला ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

समय दिन नसक्दा काम बिग्रन सक्छ । आकस्मिक खर्चले अर्थ अभाव हुनेछ । लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन् । शुभचिन्तक समेत टाढा हुनेछन् । धेरै लगानीपछि कममात्र प्रतिफल प्राप्त हुनेछ । काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला । खर्च लागे पनि यात्राको साइत जुर्न सक्छ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

कर्मयोगबाट विशेष फाइदा हुनेछ । व्यापार बढ्नेछ र साझेदारीबाट लाभ मिल्नेछ । प्रशंसकहरू बढ्नेछन् र शुभचिन्तकहरूको साथ पाइनेछ । नयाँ अवसर प्राप्त हुनुका साथै आम्दानीका थप स्रोत फेला पर्नेछन् । श्रमको उचित मूल्यांकन हुनेछ । प्रयत्न गर्दा समयमै काम बनाउन सकिनेछ । नयाँ कामतर्फ अग्रसर भइनेछ । आम्दानी बढ्नाले दैनिकीमा परिवर्तन आउनेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

प्रयत्न गर्दा महत्वपूर्ण वस्तु लाभ हुन सक्छ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । लामो समयदेखि प्रतीक्षा गरिएको काम बन्न सक्छ । आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक दायित्व बढ्नेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ । कीर्तिमानी काम गर्ने समय छ ।

प्रतिक्रिया

लोकप्रिय