बाँके १ मा सुर्य ढकाल भारी मतान्तरले विजयी

नेकपा एमालेका केन्द्रिय सदस्य सुर्य ढकाल बाँकेको क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य पदमा विजयी भएका छन् ।

एमाले उम्मेदवार ढकालले २५०२६ मत प्राप्त गर्दा नेकपा माओवादी केन्द्रका उम्मेदवार महेश्वरजंग गहतराज अथकले १९६३२ मत ल्याएका छन् । ढकाल ५३९४ मतान्तरले विजयी भएका हुन् ।

यस्तै नागरिक उन्मुक्ती पार्टीका सुरेशकुमार चौधरीले ११४६५ मत प्राप्त गरी तेस्रो स्थानमा प्राप्त गरेका छन् । यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका आनन्दबाबु काफ्लेले १००७१ मत ल्याएका छन् ।

प्रतिक्रिया

लोकप्रिय