प्रतिनिधि सभा सदस्य निर्वाचन

काँग्रेस सहमहामन्त्री राठौंर निर्वाचित, औपचारिक घोषणा हुन बाँकी

२७२२६ मत ल्याएर अग्र स्थानमा

नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौंर निर्वाचित भएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार उनी २७२२६ मत ल्याएर अग्र स्थानमा छन् । उनका प्रतिस्पर्धी एमालेका किस्मतकुमार कक्षपतिले २२१५७ मत प्राप्त गरेका छन् ।

यो समाचार तयार पर्दा किशोर र किस्मतबीचको मतान्तर ५०६९ मतान्तर रहेको छ । अन्तिम मतगणना चलिरहेकाले राठौंर निर्वाचित भइसकेको र औपचारिक घोषणा हुन बाँकी रहेको गणनामा खटिएका एक कर्मचारीले बताए ।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका देवेन्द्रनाथ शुक्लाले ६९०८ मत प्राप्त गरेका छन् । यस्तै जनता समाजवादी पार्टी(जसपा)का नोयन्द्र धितालले ४२७९ मत ल्याएका छन् ।

प्रतिक्रिया

लोकप्रिय