विश्वकपमा आज पोर्चुगल र घाना, ब्राजिल र सर्वियासहित चार खेल हुँदै

आज कतार विश्वकपका चार खेल हुँदैछन् । बिहीबार समूह जी र एचका दुई दुई खेल हुन लागेका हुन् ।

बिहीबारको पहिलो खेलमा समूह ‘जी’ को स्विजरल्याण्ड र क्यामरुनबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल दिउँसो ३ : ४५ मा सुरु हुनेछ ।

समूह ‘एच’ अन्तर्गतको अर्को खेलमा उरुग्वे र दक्षिण कोरिया प्रतिस्पर्धा गर्दैछन्। यो खेल साँझ ६ः४५ बजे सुरु हुनेछ ।

बिहीबारको तेस्रो खेलमा उपाधि दाबेदार पोर्चुगल र घानाबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल भने राति ९ः४५ बजे सुरु हुन्छ । आजको अन्तिम खेलमा बाज्रिल र सर्बिया भिड्नेछन् । यो खेल राति १२ : ४५ बजे सुरु हुन्छ ।

प्रतिक्रिया

लोकप्रिय