काँग्रेस सहमहामन्त्री राठौंर ५ हजार ९० मतान्तरले अगाडी

बाँकेको प्रतिनिधि सभा क्षेत्र नम्बर ३ मा नेपाली काँग्रेसका किशोरसिंह राठौंर ५ हजार ९० मतको अन्तरले अग्रता लिइरहेका छन् । नेकपा एमालेका किस्मतकुमार कक्षपतिले राठौंरलाई पछ्याइरहेका छन् ।

काँग्रेसका उम्मेदवार राठौंरले २१ हजार २ सय २२ मत प्राप्त गरेका छन् । एमालेका कक्षपतिले १६ हजार १ सय ३२ मत ल्याएका छन् । राठौंर र कक्षपतिबीच ५ हजार ९० मतको अन्तर रहेको छ ।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका देवेन्द्रनाथ शुक्लाले ४ हजार ८ सय ७९ मत प्राप्त गरेका छन् । यस्तै जनता समाजवादी पार्टी(जसपा)का नोयन्द्र धितालले ३ हजार ७ सय मत ल्याएका छन् ।

प्रतिक्रिया

धेरै पढिएको