चितवन–२ मा रविले फड्को मारे, एमालेको पोखरेल ७ हजार ३९२ मतले पछाडि

 चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता फराकिलो पारेका छन् ।

पछिल्लो मत परिणाम अनुसार उनले १३ हजार ६४१ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्णभक्त पोखरेलले ६ हजार २४९ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली काँग्रेसका उमेश श्रेष्ठले ५ हजार ९३५ मत पाएका छन् ।

यस क्षेत्रमा हालसम्म २७ हजार ४९४ मत गणना गरिएको छ । यो अवस्था हेर्दा रविले एमालेका  पोखरेल भन्दा ७ हजार ३९२ मतले अघि छन् ।

प्रतिक्रिया

धेरै पढिएको