काठमाडौँ-८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका श्रेष्ठ विजयी, सुमन सायमी पराजित

काठमाडौँ क्षेत्र नम्बर ८ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । उनले १० हजार १०५ मत पाएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी हाम्रो नेपाली पार्टीका सुमन सायमीले ६ हजार १७४ मत पाए ।

एकीकृत समाजवादीका नेता तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ ४ हजार ८७७ मतसहित तेस्रो स्थानमा रहे । यस्तै राप्रपाका प्रकाश रिमालले ४ हजार ३८२ मत पाएका छन्।

प्रतिक्रिया

धेरै पढिएको