प्रतिनिधि सभा सदस्य निर्वाचन

बाँकेबाट राप्रपाले खोल्यो खाता, क्षेत्र नम्बर २ मा धवल शमशेर विजयी

२९ हजार ५७७ मतका साथ विजयी

बाँके क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टी डा. धवल शमशेर जबरा प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।

उनी २९ हजार ५७७ मतका साथ विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा) का मोहम्मद इश्तियाक राईले २३ हजार ५२० मत पाए ।

यस्तै नेपाली कांग्रेसका सुदीप नरसिंह राणाले ४ हजार ४०३ तथा राष्ट्रिय स्वतन्त्र पार्टीका बिनोद कुमार अग्रहरीले १३ सय ३३ मत पाए ।

प्रतिक्रिया

धेरै पढिएको