अभिमत

निर्वाचनमा देखिएन नागरिकको उत्साह

भ्रष्टाचारले सीमा नाघिसकेको छ । देश भ्रष्टाचारीहरुको दलदलमा फस्दै गएको छ । विकास नाममै सीमित भयो । गरिबी पाखा लाग्न सकेन । बेतिथि झनझन् बढ्दै गएको छ ।

राजतन्त्र फाल्न र व्यवस्था परिवर्तन गर्नका लागि २०६२–०६३ सालमा मुलुकभरका जनता सडकमा उत्रिए । १९ दिने लामो आन्दोलन भयो । उक्त आन्दोलनमा परेर कति घाइते भए, कति शहिद । मुलुकले राम्रो नेतृत्व पाँउछ, देश विकास हुन्छ, बेरोजगारी हट्छ, गरिबी निर्मुल हुन्छ भन्ने अपेक्षा राखेर जनताले त्यत्रो संघर्ष गरे । उक्त आन्दोलन सफल पनि भयो । राजतन्त्र हट्यो, लोकतन्त्र आयो । तर, जनताको अवस्थामा केही परिवर्तन आएन् । न बेरोजगारी हट्यो न मँहगी । दुई पेट भर्न जनतालाई सकस छ ।

भ्रष्टाचारले सीमा नाघिसकेको छ । देश भ्रष्टाचारीहरुको दलदलमा फस्दै गएको छ । विकास नाममै सीमित भयो । गरिबी पाखा लाग्न सकेन । बेतिथि झनझन् बढ्दै गएको छ । जनता सडकमा आउनुको उद्देश्य अलिकति पनि पूरा हुन सकेन । जनतामाथि राजनीतिक दलहरुले शासन गर्न खोजे । आफ्नो नजिकको मान्छेले जे गरे पनि छुट छ । सांसद् नै नभएका व्यक्ति मन्त्री बनेका छन् । पार्टीमा बिसौं वर्ष संघर्ष गरेकाले टिकट नै पाउँदैनन् । कलाकार, व्यापारी, भ्रष्टाचारी, प्रहरीबाट अवकाश पाएकाहरुले मात्र टिकट पाएका छन् । राजदुत पनि आफ्नो निकटका व्यक्तिहरुलाई दिने गरिएको छ । ठेक्कापट्टा पनि आफ्नै कार्यकर्तालाई दिइन्छ ।

जनताको बारेमा कसले सोच्ने ? नेताहरुको यस्तै पाराले गर्दा जनताहरु योचोटिको चुनावमा भोट नै हाल्न गएनन् । जनताहरुमा उत्सुकता नै देखिएन । जसलाई भोट दिएपनि देशको अवस्थामा कहिले परिवर्तन नभएपछि जनताहरुले भोट हाल्नुभन्दा नहाल्नु नै उचित सम्झिए । नेताहरु माथिबाट जनताको विश्वास हटिसकेको छ । आफ्नो मन खाएका, आफूले रुचाएको व्यक्तिलाई पार्टीले उम्मेदवार नै खडा गरेन । पैसा खर्च गर्न सक्नेले भकाभक टिकट पाए । नेताहरुले देशको बारेमा सोचेनन्, पैसाको बारेमा सोचे । कार्यकर्ताले मात्र भोट खसाले । चुनावमा भोट हाल्न नजानुको अर्को कारण नमिल्दो तालमेल र गठबन्धन पनि हो । एकातिर पाँच दलीय गठबन्धन छ भने अर्कोतिर नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले तालमेल गर्यो । नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्रसंग हात समातेर अघि बढ्यो ।

कांग्रेसीहरुले माओवादीलाई के आधारमा मत दिने । माओवादीहरुले कांग्रेसलाई कसरी भोट हाल्ने । हिजो माओवादीका अध्यक्ष पुष्पकमल दाहालको टाउकोको मूल्य ५० लाख रुपैयाँ तोक्ने कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा हुन् । माओवादीलाई अलिकति पनि मन नपराउने कांग्रेसीहरु अमिल्दो गठबन्धनका कारण भोट नै हाल्न गएनन् । यता, माओवादीहरुमा पनि त्यस्तै देखियो । यसपटकको चुनावमा एमाले र राप्रपाले तालमेल गर्यो । अहिलेको व्यवस्थामा बसेर जो दुई पटक प्रधानमन्त्री बनेका पार्टी अध्यक्ष केपी शर्मा ओली केही नपाएर राप्रपासँग चुनावी मैदानमा होमिए । आफ्नो पार्टीको सिद्धान्त र विचार बिर्सिएर ओलीले राजावादीहरुसँग हात मिलाए जसले गर्दा अहिलेको व्यवस्था नै संकटमा पर्यो । राजतन्त्र फाल्नका लागि जनताले त्यत्रो संघर्ष गरेका थिए जसलाई ओलीले जोखिममा हालिदिएका छन् ।

राजतन्त्रको विरोधमा कति शहिद बन्नुपर्यो । कतिपय बालबालिकाले आफ्नो बाबुआमा गुमाउनुपर्यो त कतिपय आमाबुवाले आफ्नो छोराछोरा । तर, ओलीजस्ता गद्दार नेताले यसको के नै मूल्याकंन गर्न सक्छन् ? आफ्नो स्वार्थ पूरा गर्न हिँडेका नेतालाई न जनताको मतलब हुन्छ न राष्ट्रको । अहिलेको व्यवस्था नै संकटमा पारेर जसरी ओली राजतन्त्रको पक्षमा हिँडेका छन्, त्यो कदापि पनि पूरा हुन सक्दैन । नेताहरुले जनताको योगदानको कदर गरेनन् । शहिद बनेकालाई नेपाली जनता भनेर गन्दै गनेनन् । सिधासाधी जनताको अवस्था आज पनि उस्तै छ तर नेताहरु कहाँबाट कहाँ पुगे । सबै अवसरवादी नेताहरु मात्र छन् । जनताले गोली खाएर व्यवस्था परिवर्तन गरे, महेश बस्नेत, गगन थापा, कोमल वली, सर्वेन्द्र खनाल जस्ताले मौकाको फाइदा उठाए । हिजो गोली खाने बेलामा यिनीहरु कहाँ थिए ?

देशमै रोजगारी पाएको भए, विदेशी ऋण घटेको भए नेपालीहरु अरुको देशमा गएर दलिन त पर्दैनथ्यो । अहिले धनी र गरिबको खाडल बढ्दै गएको छ । धनी झनझन् धनी हुँदै गएका छन्, गरिब झनै गरिब । ठाउँ पाउनेले जसरी हुन्छ कमाएका छन्, सीधासाधी जनतालाई दुई छाक टार्न पनि मुश्किल छ । अहिलेको व्यवस्था ल्याउन जनताको ठूलो योगदान छ भनेर नेताहरुले बिर्सिए । जनताले जोडबल नगरेको भए आज जो जहाँ उभिएका छन्, त्यहाँसम्म कोही पनि पुग्दैन्थ्ये । विडम्बना, यो व्यवस्था संरक्षण गर्नुको साटो नेताहरु नै सकाउनतर्फ लागे ।

त्यही प्रहरीले १९ दिने आन्दोलनमा जनतालाई ढ्याङढ्याङ गोली हाने । आज त्यस्ताले नै टिकट पाएका छन् । अनि जनताले यिनीहरुबाट के अपेक्षा राख्ने ? व्यवस्था परिवर्तन गर्ने बेला जनताले गरेको त्यत्रो आन्दोलनमा महेश र गगन कँहा थिए ? कोमल वली कुन दुलोमा थिइन् ? राजतन्त्र हटाउन जनताको गरेको योगदानमाथि पानी खन्याउने तयारीमा छन् केपी ओली । बाहिर राजतन्त्रको विरोध गरेजस्तै गर्ने तर भित्रभित्र राजतन्त्र फर्काउन अनैकौं योजना रच्ने । ओली एक राजावादी नेता हुन् भनेर यहाँबाट स्पष्ट भइसकेको छ । ओलीले आफ्नो फाइदाका लागि दुई पटक सांसद् विघटन गरिदिए । एमालेकै कार्यकर्ताहरु ओलीको रबैयाका कारण मतदान गर्न गएनन् । नेताहरु राष्ट्र र जनताका लागि भन्दा पनि व्यक्तिगत फाइदातिर उन्मुख भए ।

देशको नभई आफन्तको मात्र नेता बने । राजाका पालामा सरकारी कर्मचारीलाई राजनीतिक दलको सदस्यता लिन दिइएको थिएन् । पछिल्लो समय सबै सरकारी कर्मचारी पार्टीको झोले बनेका छन् । दलकै आडमा उनीहरुले भ्रष्टाचार गरे । काममा जागरुकता देखाएनन् । सरकारी कार्यालय आफैं पनि बेतिथिको दलदलमा फसेको छ । भनेको बेलामा काम हुँदैन । एउटा सामान्य काम लिएर गयो भनेपनि महिनौं दिन कुराइदिन्छन् । राजनीतिक पार्टीको झोल बनेर हिँडेका छन्, सरकारी कर्मचारी । काम गर्ने शैलीमा कुनै परिवर्तन आएको छैन् । जनताको सेवासुविधा र सहजताको अनुभव नै गर्न पाएका छैन् । न मँहगी नियन्त्रणमा आउँछ । न बजार अनुगमन हुन सकेको छ । गरिबी दिनहु बढ्दै गएको छ । रोजगारी नभएर जनताहरु भोकभोकै बस्न बाध्य भएका छन् । देशका लागि यो भन्दा ठूलो दुर्भाग्यको कुरा के होला ?

नेताहरु नसुध्रिने देखेपछि जनताहरु भोट नै हाल्न गएनन् । भोट हाल्नेमा राजनीतिक पार्टीका कार्यकर्ता मात्र थिए, जनता थिएनन् । अब पनि नेताहरु जनता र राष्ट्रप्रति जिम्मेवार नहुने हो भने यो व्यवस्था नै रहँदैन् । पाँच वर्षपछि जनताले भोट नै हाल्दैनन् । जहिले पनि पदको लागि झैझगडा गर्ने र राजनीतिक किचलो सधैं यस्तो रहने हो भने जनताले अहिलेका नेताहरुको पत्तासाफ गर्छन् । अहिले जनतामाथि सबैभन्दा ठूलो बोझ मँहगी हो । मँहगीको भारी बोकेर जनताहरु हिँड्न नसक्ने भइसकेका छन् । एकातिर मँहगी नियन्त्रण गर्न सकेको छैन्, अर्कोतिर व्यापारीहरुलाई नै टिकट दिइएको छ । यस्ता नेताबाट जनताले के अपेक्षा राख्ने ? नेताहरुले व्यापारीबाटै रकम लिएर चुनाव लड्ने गरेका छन् । जसको मर्का पनि जनताले नै भोग्नुपर्छ । रोजगारीका लागि दैनिक हजारौं नेपालीहरु वैदेशिक रोजगारीमा गइरहेका छन् ।

चुनावले समेत जनतालाई प्रभाव पार्न सकेन । निर्वाचनकै दिन हजारौं नेपाली जनता विदेशिन बाध्य भए । देशमा मतदान छ, हामीले भोट हाल्नुपर्छ भन्ने जनभावना छैन । यो अवस्थामा पुर्याउने पनि नेता नै हुन् । देशमै रोजगारी पाएको भए, विदेशी ऋण घटेको भए नेपालीहरु अरुको देशमा गएर दलिन त पर्दैनथ्यो । अहिले धनी र गरिबको खाडल बढ्दै गएको छ । धनी झनझन् धनी हुँदै गएका छन्, गरिब झनै गरिब । ठाउँ पाउनेले जसरी हुन्छ कमाएका छन्, सीधासाधी जनतालाई दुई छाक टार्न पनि मुश्किल छ । अहिलेको व्यवस्था ल्याउन जनताको ठूलो योगदान छ भनेर नेताहरुले बिर्सिए । जनताले जोडबल नगरेको भए आज जो जहाँ उभिएका छन्, त्यहाँसम्म कोही पनि पुग्दैन्थ्ये । विडम्बना, यो व्यवस्था संरक्षण गर्नुको साटो नेताहरु नै सकाउनतर्फ लागे ।

असक्षम प्रधानमन्त्री भनेर राजाले शेरबहादुर देउवालाई बर्खास्त गरेका थिए । राजाको पालामा पनि उही देउवा, लोकतन्त्र आएपछि पनि उही देउवा । अनि जनताले आन्दोलन गरेको के काम लाग्यो ? उही व्यक्तिले पद हड्पेको छन् । हिजोको अवस्थाबाट देउवाले केही सिकेनन् । न विकासको मूल फुटाउन सके, न देशका जनतालाई खुसी नै पार्न सके । यो व्यवस्था आएपछि धेरै प्रधानमन्त्री भए । तर, तिनले पनि जनताको हकहितमा काम गर्न असमर्थ रहे । आफ्नो फोटो झुण्डाउने, अघिपछि सुरक्षा गार्ड राख्ने र सात पुस्तालाई सम्पत्ति जोडे । प्रचण्डले यो व्यवस्था बचाउनका लागि भोट दिनुस् भनेका थिए । अहिलेको जस्तै पारा देखाउने हो भने जनताले अर्कोचोटि देखि मतदान नै गर्दैनन् । हिजोको अवस्थाले जनताको निराशा स्पष्ट पारिसकेको छ ।

प्रतिक्रिया

लोकप्रिय