मौसम सामान्यतया सफा, केही स्थानमा हल्का हिमपात

फाइल तस्वीर

देशको पहाडी तथा हिमाली भू–भागमा आज बिहान आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो प्रदेश–१, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ ।

बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१ र गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । विभागले आज राति प्रदेश–१, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

गण्डकी प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । हिमपातको सम्भावना रहेकाले पर्वतारोहण र पद यात्रा गर्दा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । नेपालमा अहिले पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

प्रतिक्रिया

लोकप्रिय