निर्वाचन विशेष

कस्तो अवस्थामा मत बदर र सदर हुन्छ ? (भिडियो सन्देशहरु)

निर्वाचन आयोगले प्रतिनिधि र प्रदेशसभा चुनावमा खसेको मतको १ प्रतिशतभन्दा कम मत बदर हुने अनुमान गरेको छ ।

प्रतिनिधि र प्रदेशसभा निर्वाचन आउन अब तीन दिन बाँकी छ । यही मंसिर ४ गते आइतबार प्रतिनिधि र प्रदेशसभा निर्वाचन सम्पन्न हुँदैछ । मत बदर कम गर्न निर्वाचन आयोगले वडा स्तरबाट, इलेक्ट्रोनिक माध्यम, आमसञ्चार, सामाजिक सञ्जालबाट मतदाता शिक्षा सञ्चालन गरिरहेको छ ।

यद्यपी निर्वाचन आयोगले प्रतिनिधि र प्रदेशसभा चुनावमा खसेको मतको १ प्रतिशतभन्दा कम मत बदर हुने अनुमान गरेको छ । ‘यसपटक मतपत्र सजिलो बनाइएको छ । मतदान गर्ने तरिका पनि सजिलो छ । यो पटक १ प्रतिशत पनि मत बदर हुँदैन । पहिले दुई–तीन प्रतिशतसम्म मत बदर हुने गरेको थियो । यो पटक मत बदर १ प्रतिशतभन्दा तल झार्छौं,’ प्रमुख आयुक्त दिनेश थपलियाले भने ।

कस्तो अवस्थामा मत बदर हुन्छ ?

  • मतपत्रमा मतदान अधिकृतको सही छैन भने त्यो मत बदरमा गणना हुन्छ । त्यसैले मतपत्रमा मतदान अधिकृतको सही हुनुपर्छ ।
  • एउटा चिह्नमा एउटा मात्र स्वस्तिक छाप लगाउनुपर्ने ठाउँमा दुईवटा चिह्नमा छाप लगायो भने मत बदर हुन्छ ।
  • स्वस्तिक छाप नबुझिने गरी लतपतिएको छ, प्रष्ट छैन भने पनि बदर हुन्छ ।
  • दुई वटा चिह्नको बीचमा छाप लगायो भने पनि बदर हुन्छ ।
  • औँठा छाप लगाए पनि बदर हुन्छ ।

हेर्नुस् भिडियो :

कसरी हाल्ने त भोट ?

पहिलो

  • प्रतिनिधिसभाको प्रत्यक्षतर्फको सेतो पृष्ठभूमिमा रातो रंगमा निर्वाचन चिह्न भएको मतपत्र लिने ।
  • स्वस्तिक छाप कुनै एक उम्म्मेदावरको चिह्नमा लगाउने ।
  • मतपत्र सही ढंगले पट्याउने र सेतो पृष्ठभूमिमा रातो रंगले लेखिएको स्टिकर भएको मतपेटिकामा खसाल्ने ।

दोस्रो

  • प्रतिनिधिसभाको समानुपातिकको सेतो पृष्ठभूमिमा कालो रंगमा निर्वाचन चिह्न भएको मतपत्र लिने ।
  • कुनै एक राजनितिक दलको चुनाव चिह्नमा स्वस्तिक छाप लगाउने ।
  • मतपत्र सही तरिकाले पट्याउने । सेतो पृष्ठभूमिमा कालो रंगले दुई लिखिएको मतपेटिकामा हाल्ने ।

तेस्रो

  • प्रदेशसभाको प्रत्यक्षतपर्फको सेतो पृष्ठभूमिमा रातो रंगको चुनाव चिह्न भएको मतपत्र लिने ।
  • स्वस्तिक छापले एक उम्मेदवारको चुनाव चिह्नमा लगाउने ।
  • मतपत्र सही तरिकाले पट्याउने । र, सेतो पृष्ठभूमिमा रातो रंगले तीन लेखएको मतपेटिकामा हाल्ने ।

चौथो

  • प्रदेशको समानुपातिकतर्फ सेतो पृष्ठभूमिमा कालो रंगको चुनाव चिह्न भएको मतपत्र लिने ।
  • स्वस्तिक छापले एक राजनतिक दललको चिह्नमा लगाउने ।
  • मतपत्र सही तरिकाले पट्याउने र, सेतो पृष्ठभूमिमा कालो रंगले चार लेखिएको मतपत्रमा हाल्ने ।

निर्वाचनमा भोट हाल्ने तरिका

निर्वाचनमा भोट हाल्ने हाम्रो अधिकार

प्रतिक्रिया

लोकप्रिय