प्रेमीले गरे प्रेमिकाे टुक्रा-टुक्रा पारी हत्या

भारतको राजधानी नयाँदिल्लीमा एक महिलाको उनीसँग बस्दै आएका पार्टनरले गरेको हत्यामा प्रहरीले थप अनुसन्धान सुरू गरेको छ ।

२७ वर्षीया श्रद्धा वाकरको गत मे महिनामा हत्या भएको थियो । तर, यसै साता मात्रै उनका पिताले प्रहरीमा उनी हराएको उजुरी गरेपछि उक्त हत्याकाण्ड बाहिर आएको हो ।

हत्याको आरोपमा आफताब पूनमवालालाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ । प्रहरीका अनुसार आफताबले आफुसँगै बस्दै आएकी वाकरको घाँटी थिचेर हत्या गरेपछि शवलाई टुक्राटुक्रा पारी उनीहरूको घर नजिकको एउटा जंगलमा फाल्नुका साथै केही शवका टुक्राहरू फ्रिजभित्र राखेको स्वीकारेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार वाकर र पूनमवालाको एउटा डेटिङ एपमार्फत मुम्बईमा भेट भएको थियो । उनीहरू विगत तीन वर्षदेखि सँगै बस्दै आएका थिए ।

दिल्ली पुगेको केही समयपछि नै श्रद्धाले उनलाई विवाह गर्न दबाब दिन थालेपछी झगडा शुरू भएको र सोही क्रममा गत मे १८ का दिन आवेशमा आएर श्रद्धाको घाँटी थिचेर हत्या नै गरेको बयान अफताबले प्रहरीमा दिएका हुन् ।

प्रतिक्रिया

लोकप्रिय