मिलनको आइटम गीत ‘अलि अलि पिएपछि’ (भिडियो)

फिल्म ‘मिलन’ को ‘अलि अलि पिएपछि’ बोलको आइटम गीत सार्वजनिक गरिएको छ ।

बबिना किराती र कृष्ण केसीको स्वर रहेको गीतमा शब्द तथा संगीत टेक पौरखी राईको रहेको छ । भिडियोमा सलोन बस्नेत र कुशल शाह ठकुरीसँगै अभिनेत्री शिल्पा थापा लगायतको टिम देख्न सकिन्छ ।

भिडियोमा कविराज गहतराजको कोरियोग्राफी छ ।

मंसिर ९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्ममा सलोन, कुशल र शिल्पासँगै शिशिर बांग्देल, बिशाल पहाडी, जानुका पौडेल (ब्याकुली), सुमिन गुरुङ, रेजिना एक्चै मगर, डेनियल खड्का, करन थापान मगर लगायतका कलाकारको अभिनय छ  l

प्रतिक्रिया

लोकप्रिय