एमालेकी करिश्मा राप्रपाकी रेखालाई भोट् माग्दै

नायिका करिश्मा मानन्धर उर्फ सुर्यकुमारी आफु एमालेको नेतृ रहे पनि राप्रपाकी रेखा थापाको लागी भोट् माग्दै छिन् ।

संघारमा रहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा मोरङबाट चुनावमा प्रत्यक्षतर्फ उम्मेदवार बनेकी रेखाको लागी करिश्माले भोट् मागेकी हुन् । सन्जालमा रेखालाई समर्थन गर्दै ऊनी लेख्छिन् :‘कलाकार राष्ट्रका अभिन्न अंग हुन् ।

संस्कृति, संस्कारका सम्बाहक हुन् । यो क्षेत्रको निर्माण, विकास गर्न धेरै कलाकारहरुले संघर्ष र परिश्रम लगानी गरेका छन् । यो एउटा करोडौं लगानीको क्षेत्र बनिसकेको छ ।

अब हाम्रो कदम राज्यको मुख्य तहमा आफ्नो कुरा पुर्‍याउने हो । यो संघर्षमा सामिल योद्धा रेखा थापालाई भोट गर्नका लागि आग्रह गर्दछु ।’

प्रतिक्रिया

धेरै पढिएको