सासुआमा लिएर ज्वाँई फरार भएपछि श्रीमती तनावमा

नेपालीमा छोरीभन्दा आमा तरुनी भन्ने भनाई खुबै चर्चित छ । यस्तै एक घटना अहिले बाहिर आएको छ । मानिसहरु नाता सम्बन्धलाई एकातिर राखेर सम्बन्धको भूमिका निभाउन बिर्सिन थालेका छन् ।

कहिले छोराको बिहे हुनै लाग्दा सम्धीले सम्धिनी भगाउँछन् त कहिले सासु ज्वाई टिपेर फरार हुन्छिन् । सासुले ज्वाई लिएर भागेको कुरा बेलायतको हो । ३४ बर्षीया लरेनले पार्टनरसँग बिहे भएको खुसियालीमा आमालाई पनि सँगै हनिमुन लैजादा जिन्दगीको सबैभन्दा ठुलो गल्ती भएको महसुस गरिरहेकी छिन् ।

हनिमुनको समयमा ज्वाई सासु बढी नै बोल्ने अनि किच्चिने गर्थे, जुन उनलाई पट्टक्कै पनि मन पर्दैनथ्यो । तर उनले एउटा कुरा भने सपनामा पनि सोचेकी थिइनन् की आफ्नै आमाले धोका दिएर आफ्नै श्रीमानसँग विहे गर्छिन् । विवाह हुनुभन्दा अघि लिभिङ रिलेसमा रहेका लरेन र उनका पार्टनर ह्वाइट पालले सन २००४ अगस्टमा विवाह गरेका थिए ।

विवाह धुमधामसँगै सम्पन्न भयो उनकी आमाले उनको विवाहमा १४ लाख खर्च गरेकी थिइन् । तर बिवाह भएको ८ हप्तामा पलले लरेनलाई छोडेर हिडे । लरेनलाई पछि थाहा भयो कि उनका पति पल आमा जुलीसँग बस्न थालेका रहेछन । २००५ मा जुलिले ज्वाईको सन्तानको जन्म दिइन् र २००७ मा यी दूइले धुमधामसँग विवाह पनि गर्न भ्याए ।

पति र आमाको विहेमा लरेन पनि सहभागी भएकी थिइन् । संसारमा सबैभन्दा बढी भरोसा र माया गर्ने मान्छेले नै अन्त्यमा धोका दिएपछि लरेनले आफ्नी आमालाई संसारको सबैभन्दा घटिया आमाको दर्जा दिएकी छिन् । यो सब भएपछि लरेनले पनि दोस्रो विवाह गरेर सुखमय जीवन विताउँदै आएकी छिन् ।

प्रतिक्रिया

लोकप्रिय