करुवाले हानेर श्रीमतीको हत्या

बुद्धशान्ति- ३ स्थित बुधबारे बजारमा करुवाले हानेर श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।

बुधबारे बजारमा विगत ८ वर्षदेखि डेरामा बस्दै आएका भारतीय नागरिक वर्ष ३२ का रघुनाथ गोठ्ठाले गएराति २६ वर्षीया श्रीमती सपना गोठ्ठाको पानी खाने करूवाले हानेर हत्या गरेका हुन् ।

सामान्य विवाद चल्दा चल्दै उनले करुवाले हान्दा सपनाको टाउकोमा लागेकाले उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बुधबारेले जनाएको छ ।

प्रतिक्रिया

लोकप्रिय