इमरान खानको समाचार र भाषणमा प्रतिबन्ध !

पाकिस्तानी सरकारले टिभी च्यानलमा पूर्वप्रधानमन्त्री इमरान खानको समाचार तथा भाषण प्रसारणमा प्रतिबन्ध लगाएको छ ।

पाकिस्तानको इलेक्ट्रोनिक मिडिया रेगुलेटरी अथोरिटी (पेमरा)ले देशका सबै टिभी च्यानलमा खानको समाचारमा प्रतिबन्ध लगाएको हो ।

उनले गर्न लागेको भनिएको ‘प्रेस कन्फ्रेन्स’ पनि प्रसारण नगर्न पेमराले सूचना जारी गरेको छ । अवज्ञा गर्ने टिभी च्यानलको लाइसेन्स सोझै खारेज हुने चेतावनी पनि दिइएको छ । पेमराले खानले कानूनविपरीतका अभिव्यक्ति दिएकाले यो निर्णय लिएको जनाएको छ ।

यसैबीच प्रधानमन्त्री शहबाज सरिफले प्रधानन्यायाधीशलाई गत बिहीबार ‘लङ मार्च’मा खानमाथि भएको आक्रमणको छानबिन गर्न पूर्ण अदालत आयोग गठन गर्न निर्देशन दिएका छन् ।

पाकिस्तान तहरीक–ए–इन्साफले प्रधानमन्त्रीसहित गृहमन्त्री र मेजर जनरल लङ मार्चको घटनाको जिम्मेवार रहेको आरोप लगाएको छ । प्रधानमन्त्री शरीफले पीटीआईले लगाएको आरोपकोथोरै पनि प्रमाण फेला परेमा आफूले सदाका लागि राजनीति छोड्ने बताएका छन् ।

प्रतिक्रिया

लोकप्रिय