२०७९ कार्तिक २० गतेको राशिफल : वृषलाई निराशा, मिथुनलाई अवसर

२०७९ कार्तिक २० गते, आइतवार, ६ नोभेम्बर २०२२ । कार्तिक शुक्लपक्ष त्रयोदशी तिथि, १६ः३७ बजेदेखि चतुर्दशी । रेवती नक्षत्र । चन्द्रराशि– मीन ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला । फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला । व्यवसायमा लगानी बढाउनुपरे पनि लागेको मूल्य उठाउन सकिनेछ । आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ । लामो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । आफ्नाबाट भने टाढिनुपर्ने हुन सक्छ । केही खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्नेछ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

आकस्मिक समस्याले शरीरमा कमजोरी अनुभूति हुनेछ । चिताएको काम बिग्रनाले निराशा छाउनेछ । गोपनीयता बाहिरिनाले पनि समस्यामा परिनेछ । फजुल खर्च बढ्ने र आर्थिक क्रियाकलापमा बाधा पुग्ने देखिन्छ । बिग्रिएको काममा दोहोर्याएर प्रयत्न गर्नुहोला । शुभचिन्तकहरूको साथ जुट्नाले पछि फाइदा हुने काम भने प्रारम्भ गर्न सकिनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ । नोकरी तथा व्यवसायमा विशेष फाइदा होला । रुचिका विषयमा लगानी समेत बढाउन सकिनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ । परिश्रमले धेरैको मन जित्न सकिनेछ । अरूको काममा जुट्नुपरे पनि फाइदा आफैंलाई हुनेछ । समुदायको हितमा केही काम गर्न सकिनेछ । विशेष जिम्मेवारी प्राप्त हुनेछ । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । केही श्रम परे पनि आजको मिहिनेतले पछिसम्म लाभ दिलाउन सक्छ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

आकस्मिक समस्याले शरीरमा कमजोरी अनुभूति हुनेछ । चिताएको काम बिग्रनाले निराशा छाउनेछ । गोपनीयता बाहिरिनाले पनि समस्यामा परिनेछ । फजुल खर्च बढ्ने र आर्थिक क्रियाकलापमा बाधा पुग्ने देखिन्छ । बिग्रिएको काममा दोहोर्याएर प्रयत्न गर्नुहोला । शुभचिन्तकहरूको साथ जुट्नाले पछि फाइदा हुने काम भने प्रारम्भ गर्न सकिनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

आकस्मिक समस्याले शरीरमा कमजोरी अनुभूति हुनेछ । चिताएको काम बिग्रनाले निराशा छाउनेछ । गोपनीयता बाहिरिनाले पनि समस्यामा परिनेछ । फजुल खर्च बढ्ने र आर्थिक क्रियाकलापमा बाधा पुग्ने देखिन्छ । बिग्रिएको काममा दोहोर्याएर प्रयत्न गर्नुहोला । शुभचिन्तकहरूको साथ जुट्नाले पछि फाइदा हुने काम भने प्रारम्भ गर्न सकिनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ । व्यापारलगायत आर्थिक लाभ हुने काममा फाइदा हुनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्त हुनेछ । मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नाले फाइदा हुने काम सुरु हुनेछ । प्रतिस्पर्धीहरू किनारा लाग्नेछन् भने मुद्दामा पनि विजयी भइनेछ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

शुभचिन्तकहरूले साथ दिनेछन् । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । प्रतिष्ठित काम गर्ने मौका छ । चिताएका काम सजिलै सम्पादन हुनेछन् । पढाइलेखाइमा प्रगति हुनेछ । सेवामूलक कामबाट धनलाभ हुनेछ । सन्तान वा सहयोगीले प्रसन्नता दिलाउनेछन् । आफ्नो प्रतिभाको कदर हुनेछ । बौद्धिक प्रतिस्पर्धामा पनि अरूलाई उछिन्न सकिनेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ । दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ । अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ । कृषि तथा पशुधनले लाभ दिलाउनेछ । पहिलेका कमजोरीलाई सुधार गर्ने मौका छ । शुभचिन्तकहरूलाई साथ लिएर काममा जुट्नुहोला, सफलता प्राप्त हुनेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ । चुनौती पन्छाएर नयाँ काममा जग बसाउने मौका छ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

बोलीको प्रभाव बढ्नेछ भने चिताएको काम सजिलै सम्पादन हुनेछ । आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ । सानो प्रयत्नले चल–अचल सम्पत्ति लाभ हुने समय छ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ । सहयोगीहरूले हिम्मत दिलाउनेछन् । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । सुखद समाचारले आजको दिन उत्साहपूर्ण रहनेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

मिहिनेतले जिम्मेवारी दिलाउनेछ भने सजिलै लक्ष्यमा पुग्न सकिनेछ । रोकिएका काम सम्पादन हुनेछन् । विशेष जिम्मेवारी प्राप्त हुने समय छ । सानो प्रयत्नले धेरैको भलाइ हुनेछ । भेटघाटले महत्वपूर्ण कामको जग बसाउने अवसर दिलाउनेछ । समाजमा सम्मानित स्थान प्राप्त हुन सक्छ । तारिफयोग्य काम गर्दै राम्रो उपलब्धि हातपार्न सकिनेछ ।

प्रतिक्रिया

लोकप्रिय