एक जना मात्र यात्रु लिएर विराटनगर पुग्यो बुद्ध एयर

बुद्ध एयरको विमान एक जना मात्र यात्रुलाई लिएर काठमाडौंबाट विराटनगर पुगेको छ । मङ्गलवार साँझ ८ बजेको उडानमा एक जना मात्र यात्रु भएपछि उनैलाई लिएर विमान काठमाडौंबाट विराटनगर उडेको हो ।

पुरै विमानमा एकल यात्रा गरेका उद्धव पौडेलले आफूले रोमाञ्चक अनुभव गरेको बताएका छन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘काठमाडौँबाट विराटनगरसम्मको बेलुकी ८ बजेको बुद्ध एयरको उडानमा म एकल यात्रु । रोमाञ्चक अनुभव ।’

उद्धव पौडेलको फेसबुक स्टाटस :

प्रतिक्रिया

लोकप्रिय