प्रेमिकाले लोकसेवा पास गरेर सरकारी जागिर पाएपछि …

कतिपय अवस्थामा प्रेममा नमिलेका कुरा पनि मिलाएर निरन्तरता दिइन्छ तर भारतको नयाँदिल्लीमा एउटा यस्तो घटना भएको छ, जुन पीडालाई प्रेमीले सार्वजनिक रूपमै व्यक्ति गरेका छन् ।

भारतको बिहारका हरिन्दर पाण्डे लोकसेवा परीक्षाको तयारीका लागि राजधानी नयाँदिल्ली आएका थिए । नयाँदिल्लीमै तयारीका क्रममा उनको एक युवतीसँग प्रेम बस्यो ।

प्रेम सँगसँगै दुवैले लोकसेवा परीक्षाको तयारी गरिरहेका थिए । प्रेमीले ५ पटक परीक्षा दिँदा पनि नाम निकाल्न सकेनन् । लिखित परीक्षामा पास भएर हरिन्दर अन्तर्वार्तासम्म पुगेका थिए तर अन्तिम चरणमा असफल भए ।

यसैबीच हरिन्दरकी प्रेमिकाले लोकसेवा परीक्षा पास गरिन् । यो खबर सुनेर हरिन्दर खुशी भएका थिए तर ती प्रेमिका केही दिनमै सम्पर्कविहीन भइन् ।

प्रेमिकाले हरिन्दरको मोबाइल नम्बर कालोसूचीमा राखिन् र भेटघाट बन्द भयो । प्रेमिकाले आफू लोकसेवा पास गरेपछि भेट्न छाडेको र धोका दिएको थाहा पाएपछि हरिन्दर यतिबेला दुःखी रहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया

लोकप्रिय