बाढीले मोटरसाइकल बगाउँदा बालिकाको मृत्यु, बालक बेपत्ता

 ककनीको सिमटारमा बाढीले मोटरसाइकल बगाउँदा एक बालिकाको मृत्यु भएको छ भने एक बालक बेपत्ता भएका छन् ।

मृत्यु हुनेमा शिवराम घिमिरेका ८ वर्षीया छोरी बेबिसा घिमिरे छन् । यस्तै उनका चार वर्षीय छोरा श्रेयान घिमिरे भने बेपत्ता छन् ।

ककनी गाउँपालिका-२ सिमटारबाट दसैँको टीका थाप्न आफन्तकहाँ जाँदै गर्दा मोटरसाइकललाई बाढीले बगाएको प्रहरीले जनाएको छ ।

बेपत्ताको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

प्रतिक्रिया

लोकप्रिय