कार्यभार सम्हाल्न नपाउदै जयपृथ्वीमा नयाँ गाडी चालक नियुक्ति

बझाङकाे जयपृथ्वी नगरपालिकामा सबै जनप्रतिनिधिले कार्यभार सम्हाल्न नपाउँदै नगरपालिकाको नयाँ गाडी चालक भर्ना गरिएकाे छ ।

नगरपालिकामा जनप्रतिनिधिले प्रयोग गर्दै आएका गाडीका चालक सपथ ग्रहण नगर्दै नयाँ न्युक्त गर्नु नवनिर्वाचित जनप्रतिनिधी नगरपालिकामा जनता लक्षित क्रियाकलाप भन्दा पनि आफन्त भर्ना गर्ने कार्य सुरुवात गरेकाे भन्दै सामाजिक सञ्जालमा आलाेचना हुन थालेकाे छ ।

गाडी चालक नियुक्तको बारे नगरपालिकाका नवनिर्वाचित मेयर चेतराज बजालले नगरपालिकामा ३ वटा गाडी भएकाले चालककाे एउटा सिट खाली भएपछी एकजनालाइ भर्ना गरेकाे बताउनुभयाे ।

नगरपालिकाकाे कार्यकारी सवार गर्ने गाडीमा चालक नभएपछी आफुले नियम अनुसार नै एक जना चालक भर्ना गरेकाे बताए । नगरपालिकाका अनुसार नयाँ गाडी चालकका रुपमा दशरथ सिंहलाई नियुक्त गरिएको छ ।