धरान उपमहानगरमा स्वतन्त्र उमेदवार हर्कराज राई निर्वाचित

सुनसरीको धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवार निर्वाचित भएका छन् । स्वतन्त्र उमेदवार हर्कराज राई २० हजार ८२१ मतसहित निर्वाचित भएका हुन् ।

उनले निकटतम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उमेदवार किशोर राईलाई ४ हजार ७६२ मत अन्तरले पराजित गरे । कांग्रेसका राईले १६ हजार ५९ मत पाए ।

उपमेयरमा भने माओवादी केन्द्रका उमेदवार अइन्द्र विक्रम बेघा २० हजार ५१० मतसहित निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उमेदवार पदमप्रसाद लिम्बुले १७ हजार ६०६ मत पाए ।