कोहलपुरमा कांग्रेसका आचार्य र सुवेदी निर्वाचित

बाँकेको कोहलपुर नगरपालिकाको नगर प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसले जितेको छ ।

कांग्रेसका तर्फबाट नगर प्रमुखका उम्मेदवार पूर्ण आचार्यले नेकपा एमालेका तर्फबाट नगर प्रमुखका उम्मेदवार खिलप्रसाद भुसाललाई पराजित गर्दै विजयी भएका छन् ।

उनीहरुबीच १९६८ मतान्तर रहेको छ । कांग्रेसका तर्फबाट नवनिर्वाचित मेयर आचार्यले १४१५३ मत प्राप्त गरेका छन् भने एमालेका भुसालले १२१८५ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपमेयरमा कांग्रेसकी संगीता सुवेदीले एमालेकी अस्मिता थारुलाई ९१७ मतान्तरले पराजित गरेकी छन् । सुवेदीले १४०७४ मत र एमालेकी चौधरीले १३१५७ मत प्राप्त गरेकी छन् ।

१५ वडा रहेको कोहलपुर नगररपालिकामा कांग्रेसले ९, नेकपा एमाले ४ र नेकपा माओवादी केन्द्रले २ वटा वडामा विजयी हासिल गरेका छन् ।